Logo

भारतको दानापानी खाएकाहरु भन्छन्, ‘नेपाल उत्तेजनामा आयो’ हो त ?



काठमाडौं । सुगौली सन्धिमान्ने हो भने महाकाली पूर्वको जमिन नेपालको हो । यो सन्धि नमान्ने हो भने भारतले टिस्टादेखि काँगडासम्मको भूभाग छाड्नु पर्ने हुन्छ । सुगौली सन्धि १९५० को सन्धिले खारेज गरिसेको छ । तर भारतले विशाल नेपालको भूभाग उनीहरुलाई बेलायती शासकले दिएको उपहार भनेर उपभोग गरिरहेको छ ।

कुरा यति मात्रै भए त हुन्थ्यो, कालापानीको महान लिम्पियाधुरादेखि पूर्वको जमिन नेपालको हो भन्ने कुरा पटक पटक भारतले स्वीकार गरेको छ । भलै उसको फौज कालापानीमा आएर बसेको होस्, तर जमिन नेपालको हो ।

नेपालको जमिनमा फौज बसेको विषय धेरैपहिलेदेखि नेपाललाई थाहा छ । यसबारे दुई देशबीच सम्वाद पनि भएको छ । भारतले सन् २०१५ चीनसँग मानसरोबर जाने बाटो लिपुलेक हुँदै खोल्ने सम्झौता गरेपछि नेपालले गम्भीर आपत्ति जनायो । दुवै देशलाई विरोध पत्र पनि दियो । भारतले पनि नेपालकै भएको जमिनलाई विवादित बनाउन सफल भयो । एकातिर विवादित भन्ने, अर्कोतिर त्यही जमिनमा बाटो पनि खन्न थाल्यो ।

कश्मिर खाँदा जारी गरेको भारतको नक्सामा नेपालको कालापानी क्षेत्र पनि मिसायो । त्यो बेला पनि भारतलाई नेपालले आपत्ति जनायो । हुँदा हुँदा अहिले त हेपाहा शैली यति बढ्यो कि भारतले नेपालको जमिनबाट बाटो नै खन्यो ।

 

 

 

 

 

 

 

 

 

अनि नेपालले आपत्ति जनाउँदा भारतीय सेनाका जनरलले भने कि नेपाल अरुको इशारामा उफ्रियो । भारतले नेपाललाई यस्तो शब्द बोलेर उत्तेजनामा ल्यायो । के नेपाललाई आफ्नो कुरा राख्न अरु कसैको उक्साहट आवश्यक पर्छ ? नेपाल आफ्नो कुरा आफैं राख्न नसक्ने कसैको गुलाम हो ?

 

 

 

 

 

 

 

 

 

 

 

भारतले मुखले बोल्नुको सट्टा नाक प्रयोग गरेर आफ्ना सेनाका जनरललाई अगाडि सार्नु भारतको घटिया रवैया हो कि होइन ?
भारत यस्तो घटिया रवैया देखाउँछ । अनि नेपालमा बसेर, नेपालकै खाएर, नेपालकै नागरिकता बोक्नेहरु भन्छन् कि नेपाल – उत्तेजनामा आयो । नेपालको भूमि मिचेर बाटो उदघाटन नै गरिसक्दा पनि नेपाल मौन रहनु पर्ने हो र ?

नेपाल सरकार उत्तेजनामा आयो भनेर तर्क गर्नेहरु भारतको दानापानी खाने होइनन् भन्न कसरी सकिएला ? टिप्पणी ।

प्रतिक्रिया दिनुहोस्