Logo

रंगमञ्चमा अब्बल बन्न सफल सात नायिकाको किन बनेन दाम्पत्य जिवन सफल



काठमाडौ । पर्दामा आफुलाई अब्बल बनाउन सफल रहेका सात नायिका यति बेला पारिवारिक दुनियाँमा अब्बल सावित भने भएन । आज हामीले सात नायिका किन संगै मर्ने संगै बाच्ने कसम खाएर वैवाहिक जीवनमा बाँधिएका थुप्रै जोडीको दाम्पत्य जीवन यात्रा सफल हुन सकेका छैनन । जिवनलाई सरल र सहज बनाउनका लागी अविश्वास, आशंका र महत्वकांक्षालाई आफनो नियन्त्रणमा राख्नु पर्छ भन्ने गर्दछन जानकारहरु ।

सात नायिको डि’भोर्सपछि पनि एकलै जीवन हाँकिरहेका छन् ।

१) मौसमी मल्ल

मौसमी मल्ल कुनै समयकी चर्चित नायिका हुन् । उनले १५ वर्ष कै उमेरमा धन विक्रम मल्लसंग विवाह गरेकी थिइन् । विवाह भएको ९ वर्षपछि मौसमीले डि’भोर्स गरेकी हुन् । आफ्नो ‘ध्व’स्त वैवाहिक जीवन सम्झेर पुन विवाह गर्नेबारे कल्पनासम्म पनि नगरेको उनले बताउने गरेकी छिन् ।

२) अरुणिमा लम्साल

एक समयकी चर्चित नायिका अरुणिमा लम्सालको पनि वैवाहिक सम्बनध टिक्न सकेन् । अमित अर्यालसंग विवाह गरेकी उनले १२ वर्षको वैवाहिक स’म्बन्धलाई टु’ङ्ग्याएकी थिइन् ।

३) रेखा थापा

नेपाली सिने क्षेत्रमा हिम्मतवाली नायिकाका रुपमा परिचित छिन् रेखा थापा । फिल्मभित्र नायकलाई ओझेल पार्दै उनी नै नायकका रुपमा उभिन्छिन् । निर्देशक छवि ओजासंग विवाह गरेकी थापाको वैवाहिक सम्बन्ध लामो समयसम्म भने टिक्न सकेन् । एक दशक लामो वैवाहिक सम्ब’न्धलाई ब्रेक लगाएकी रेखा हाल एक्लै बस्दै आएकी छिन् ।
४) मनिषा कोइराला
मनिषा कोइराला केहि समयसम्म बलिउडमा नम्बर १ नायिकाको स्थान हासिल गरेकी नायिका हुन् । नेपाली फिल्म फेरि भेटउँलाबाट डेब्यु गरेपनि बलिउडमा भने उनले टप ब्यानरको सौदागरबाट झुल्किने मौका पाइन र उनी त्यहि फिल्मबाट नै रातारात स्टार बनिन् । उनै मनिषाले बिजनेस म्यान सम्राट दाहालसंग विवाह गरेकी थिइन् । तर यो विवाह छोटो समयमा नै पूर्ण्विराम लाग्यो ।
५) गौरी मल्ल
गौरी मल्लले चलचित्र सन्तानबाट डेब्यु गरेकी हुन् । अब्बल अभिनयका कारण उनी नेपाली सिने बजारमा सदाबहार छिन् । करियरकै उचाइमा रहेका बेला उनले प्रज्वल भण्डारीसंग विवाह गरेकी थिइन् । प्रज्वलसंग वैवाहिक सम्बन्ध नटिकेपछि अन्तत उनीहरु अलग्गिए । गौरीले अहिलेसम्म एक्लै बस्दै आएकी छिन् ।

६) रन्जना शर्मा

नायिका रन्जना शर्माले निर्देशक श्याम भट्राईसंग विवाह गरेकी थिइन् । विवाहपछि रन्जना अमेरिका गइन त्यसपछि उनीहरु टाढा हुँदै गए अन्तत उनीहरु अलग्गिए । रन्जना हाल अमेरिकामै छिन् ।

७) रिमा विश्वकर्मा
नायिका तथा मोडल रिमा विश्वकर्माले रोबर्ट बिकसंग विवाह गरेकी थिइन् । विवाह गरेको २ वर्ष नपुग्दै नै उनीहरुले आफ्नो सम्बन्धलाई पूर्ण्विराम लगाइदिएका थिए । नेपाल आइडलको पहिलो र दोस्रो सिजनमा होस्ट बनेपछि लोकप्रियता अझ तुल्याउन सफल रिमा प्रस्ट वक्ताका कारण चर्चामा रहन्छिन् ।

प्रतिक्रिया दिनुहोस्