Logo

कांग्रेससंग अब सडक आन्दोलनको विकल्प छैन : नविन्द्रराज जोशी



नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव पूर्वमन्त्री नविन्द्रराज जोशीले सरकारले सत्ता संचालन गर्ने वैधानिक,राजनीति तथा नैतिक आधार गुमाइसकेकाले लकडाउन खुलैसंगै आफुहरु सडक आन्दोलन सुरु गर्ने बताएका छन् ।

नेता जोशीले प्रधानमन्त्री केपी ओलीले कोरोनाको संक्रमणका कारण मुलुक संकटमा परेका बेलामा सो संक्रमणबाट मुक्ती पाउने काम गर्नुको साटो अध्यादेश ल्याएर देश र जनता प्रति विश्वासघात गरेको बताए ।

उनले कोरोनाको संक्रमणको रोकथाम र उपचारका लागि काम गर्नुको साटो प्रधानमन्त्री ओलीले अन्य पार्टी विभाजनमा लागेको बताए । उनले नेकपा र प्रधानमन्त्री केपी ओलीलाई नेपाली जनताले माफ गर्न नसक्ने बताए ।

नेता जोशीले कांग्रेस केन्द्रीय समितिको बैठकले सरकारले शासन गर्ने नैतिक र वैधानिक आधार गुमाइसकेको निष्कर्ष निकालेको बताउदै कांग्रेससंग नैतिक र वैधानिक आधार गुमाएको सरकारको विकल्प खोज्न कांग्रेससंग सडक आन्दोलनको विकल्प नभएको बताए । उनले लकडाउन खुलेसंगै कांग्रेसले सडक आन्दोलन सुरु गर्ने समेत बताए ।
नेता जोशीसंगको कुराकानीको पूर्ण विवरण :

प्रतिक्रिया दिनुहोस्