Logo

कोरोना संक्रमणका कारण रातो मच्छिन्द्रनाथको रथ यात्रा स्थागित

लकडाउन खुलेपछि क्षमा पुजा गरिने



कोरोना भाइरसको संक्रमणका कारण रातो मच्छिन्द्रनाथको जात्रा स्थगित भएको छ । जात्राको रथ निर्माणको काम आजदेखि हुँदै थियो । रथ निर्माणको काम स्थगित गरिएको गुठी संस्थान र ज्यापु समाज यलले जानकारी दिएको छ ।

बिहीबार विधिपूर्वक मच्छिन्द्रनाथलाई स्नान गराएर शुक्रबारदेखि रथ निर्माणको काम गर्नुपर्ने थियो । कोरोना भाइरसको महामारीका कारण सिर्जना भएको विषम परिस्थितिका कारण रथको जग राख्ने र निर्माण कार्य स्थगित भएको बताइएको छ । स्थगित भएको सो रथ निर्माणको काम लकडाउन सकिएलगत्तै क्षमा पूजा गरेर सुरु गरिने निर्णय भएको गुठी संस्थान र ज्यापु समाजले विज्ञप्तिमा जनाएको छ ।

लिच्छवीकालदेखि निरन्तर चल्दै आएको रातो मच्छिन्द्रनाथ रथयात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ । बैशाख कृष्ण पक्षको प्रतिपदादेखि सुरु हुने जात्रामा वैशाख शुक्ल पक्षको प्रतिपदाको दिनदेखि रथयात्रा सुरु गर्ने चलन छ ।

प्रतिक्रिया दिनुहोस्