Logo

कोरोनाको महामारीका बारेमा चलचित्र निर्माण, हेर्नुस भिडियो



कोरोना भाइरसको महामारीबारे चलचित्र बनेको छ । यो चलचित्र प्रदर्शनको तयारीमा छ । यो भाइरसका कारण विश्वभर यसबाट ९६ हजारको हाराहारीमा मानिसले ज्यान गुमाएका छन् ।

गएको डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारीबारेको चलचित्र क्यानडाका निर्देशक मोस्तफा केशवानीले बनाएका हुन् ।

उनले चीनमा भाइरसको संक्रमण देखिएका बेला जसलाई धेरैले चाइनिज वा वुहान भाइरसका नामले मात्रै चिनेका थिए, त्यहि बेला नै चलचित्र बनाउन सुरु गरेका हुन् । फेब्रुअरी १४ मा छायाँकन सम्पन्न भएको चलचित्र अहिले सम्पादनको काम सकिएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्