Logo

कोरोनाको औषधी पत्ता लागेको अमेरिकी राष्ट्रपति ट्रम्प दाबी

मानविय परिक्षण हुन भने बाँकी



अमेरिकाले कोरोना भाइरसको उपचारका लागि प्रभावकारी हुने औषधी पत्ता लागेको दाबि गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस कोरोना टास्क फोर्सको बिहीबारको नियमित ब्रिफिङ्गका क्रममा औषधि पत्ता लागेको बताएका हुन् ।

उनले औषधि उत्पादक कम्पनी फाइजरले कोरोना भाइरसको संक्रमण पुनः फैलिन नदिनका लागि अति उपयुक्त तथा प्रभावकारी हुने औषधि उत्पादन गरेको बताए । सो औषधीे मानवीय परीक्षण चाँडै सुरु हुने ट्रम्पले बताए ।

ट्रम्पले ब्रिफिङ्गको क्रममा औषधि उत्पादक सो औषधि या उपचार पद्धतिप्रति अति नै आशावादी र उत्साही रहेको बताए । अहिले त्यसको फुड एण्ड डर्ग एड्मिनिस्ट्रेसन (एफडिए) ले परीक्षण गरिरहेको उनले जानकारी दिए ।

विश्वभरका वैज्ञानिकहरु अहिले कोरोना भाइरसविरुद्धको खोप बनाउने अभियानमा जुटेका छन् । यसमा सकारात्मक काम भइरहेको भए पनि तत्काल कुनै खोप उलब्ध भइसकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्