Logo

बेलायती प्रधानमन्त्री जोन्सनलाई आइसियू बाहिर निकालियो



बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्यमा सुधार आएको छ । उनलाई सघन उपचार कक्षबाट बाहिर निकालिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । तीन दिनको आइसियू बसाइपछि स्वास्थ्यमा सुधार आएसँगै जोन्सनलाई बाहिर निकालिएको हो । तर पनि उनी अस्पतालमा भने अझै केहि दिन रहने छन् ।

कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा बसेका प्रधानमन्त्री जोन्सनको स्वास्थ्यमा सुधार नभएपछि गएको आइतबार अस्पताल भर्ना गरिएको थियो ।

लण्डनको सेन्ट थोमस हस्पिटलमा उपचाररत उनको स्वास्थ्य गम्भीर भएपछि सोमबार आइसियूमा सारिएको थियो । तीनपछि उनको स्वास्थ्य राम्रो भएपछि बिहीबार आइसियू बाहिर सामान्य वार्डमा सारिएको हो ।

बेलायतमा कोरोना भाइरसका कारण अहिलेसम्म सात हजार ९ सय भन्दा बढीको मृत्यु भएको छ । संक्रमितको संख्या ६५ हजार भन्दा बढी पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्