Logo

भक्तपुर मल्टिपल क्याम्पसले सुरु गर्‍यो अनलाईन कक्षा



काठमाडौं । लक डाउनका कारण पठनपाठन प्रभावित भएपछि भक्तपुरस्थित भक्तपुर बहुमुखी क्याम्पसले अनलाईन कक्षा सुचारु गरेको छ ।
क्याम्पसले बिएससी सिएसआइटीको सातौ र पाँचौ सेमेस्टरका विद्यार्थीहरुकालागि अनलाईन कक्षा सूचारु गरेको सो विभागका संयोजक सुशान्त पौडेलले जानकारी दिए ।

यस्तो कक्षामा इन्टरनेट पहुँच भएका क्याम्पसका विद्यार्थीहरुले सहभागीता जनाउन सक्ने पौडेलले जानकारी दिए । यस्तो कक्षामा सहभागी हुने विधि र प्रक्रियाबारे कार्यक्रम संयोजनक वा विषयगत शिक्षकहरुसँग सम्पर्क गर्न सकिने उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्