Logo

थर्मल गनको कालोबजारी गर्ने अग्रवालको वाणिज्यदूत खारेज



थर्मल गनको कालो वजारी गर्ने अग्रवालको कुटनीतिक नम्बर प्लेटको गाडि प्रयोग गरेर थर्मल गनको कालोवजारी गर्ने सुलभ अग्रवालको किर्गिज गणतन्त्रका मानार्थ अवैतनिक वाणिज्यदूत सुलभ अग्रवालको पद खारेज गरिएको छ । कूटनीतिक सुविधा र विशेषाधिकार प्रयोग गर्दै कालोबजारी गरेको आरोपमा ज्वरो नाप्ने थर्मल गनसहित उनलाई मङ्गलवार पक्राउ गरिएको थियो ।

त्यसपछि बुधवार साँझ एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले नेपालमा रहेका सबै अवैतनिक वाणिज्यदूतहरूलाई उपलब्ध गराइएका केही विशेष सुविधा खोसिएको जनाएको थियो । परराष्ट्र मन्त्रालयका प्रोटोकल महाशाखाले अग्रवालको पद खारेज गरिएको जानकारी किर्गिस्तानको सरकारलाई दिइएको छ ।

यसअघि परराष्ट्र मन्त्रालयले जारी विज्ञप्तिमा उनको र उनले प्रतिनिधित्व गर्ने देशको नाम उल्लेख नगरीकनै “पद र विशेषाधिकार दुरुपयोग गरी अवैधानिक गतिविधिमा संलग्न भएकाले“ अग्रवाललाई दिइएका सुविधाहरू फिर्ता लिइएको उल्लेख थियो ।

प्रतिक्रिया दिनुहोस्