Logo

कँहि काजी, कँहि पूर्णबहादुर त कँहि हिरन्यलाल भनेर जोगिए



२०४६ सालमा प्रजातन्त्र पुर्नस्थापना भएको २५ वर्ष पूरा भएको छ । तर २५ वर्ष अघि २०४६ सालको जनआन्दोलनको उपत्यककाको कमाण्ड सम्हालेका कहि काजी श्रेष्ठ, कहि पूर्णबहादुर शाक्य त कहि हिरन्यलाल मानान्धर बन्दै हिडेका कांग्रेस नेता मार्शल जुलुम शाक्य जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको निर्देशन अनुसार आन्दोन सुरु हुने दिन भन्दा एकदिन अगाडि देखि नै भुमिगत भएका थिए । २०१७ पौष १ गते नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोईराला पक्राउ गरि राजा महेन्द्रले प्रजातन्त्रमाथि धावा बोल्दा उपत्यकामा एक्लै माइकिङ गर्दै हिडेका मार्शल झण्डै १४ वर्ष जेल जीवन र २ वर्ष भुमिगत जीवन बिताएका थिए । देशान्तरलाई २५ वर्ष अघिको चैत्र २६ को स्मरण सुनाउदै भने–‘राजाले बहुलद घोषणा गरेपनि केहि समय लोकेन्द्रबहादुर चन्दलाई नै प्रधानमन्त्री बनाउने इच्छा व्यक्त गरेका थिए, तर जनताले नमानेपछि लगतै राजाले बहुदल घोषणासंगै किसुनजीलाई प्रधानमन्त्री बनाउन तयार भए ।’

जमलमा पार्टी अफिसमा बोलाएर गणेशमानसिंहले आन्दोलन सुरु नहुदै क्रान्तिकारी मार्शललाई एक्लै बोलाएर आफुहरुलाई सरकार गिरफ्तार गरेको जानकारी पाउनसाथ भुमिगत हुने निर्देशन दिएका थिए । उनले भने– ‘म काठमाडौं जिल्ला नेपाली कांग्रेसको सभापति थिए, गणेशमानसिंहले मलाई मार्शल भाई हामीलाई त सरकारले आन्दोलन सुरु हुँदा नहुँदै गिरफ्तार गर्छ , हामीलाई गिरिफ्तार गरेको सुन्ने बित्तिकै तिमि चाँही भुमिगत हुनु नत्र सरकारले तिमिलाई पनि समात्छ अनि आन्दोलनमा समस्या आउछ ।’ यो कुरा गणेशमानले अरु कसैलाई पनि भनेका थिएनन् । गणेशमानलाई घरमा नै नजरबन्द गरेको मैले बसन्तपुरमा भएको बेलामा थाह पाए । एकजना पार्टीकै साथीले उनलाई सो कुरा सुनाएका थिए । तीनले उनलाई समेत बाहिर नघुम्न सल्लाह दिए । उनले भने–‘ मैले गणेशमानको कुरा संझै र त्यहीबाट मैले भुमिगत यात्रा सुरु गरे, मैले नजिकको पसलमा गएर बस्ने सेल्टरमा फोन गरे, अब म बस्न आउदैछु, गणेशमानलाई नजरबन्द गरिसक्यो भने ।’

२०१७ सालताका तरुणदलमा क्रियाशिल भएकै अवस्थामा महेन्द्रले ‘कु’ गरेर विपीलाई पक्राउ गरेपछि ‘ल भएन अब, भनेर मैले साथीहरु जम्मा पारेर न्यूरोड पुगेर जुद्धसम्सेरको दरबार पछाडि सिद्धिनारायण मानन्धरको रेडियो पसलबाट हातेमाइक लिएर माइकिङ गर्दै हिडेका थिए । २०१७ सालपछि पहिलो पल्ट राजाको कुका बिरोधमा सडकमा उत्रने मार्शललाई आन्दोलनको राम्रै आइडिया थियो । त्यही भएर नेताहरुलाई घरमा नै नजरबन्द गरेसंगै भुमिगत तबरले आन्दोलनको कमाण्ड सम्हाले । उनले त्यो बेला सम्पर्क गर्ने नचिहिएका बिद्यार्थी नेताहरुलाई प्रयोग गर्ने गरेको बताए । २०४६ साल फागुन सात गतेबाट आन्दोलन सुरु भएको थियो । उनी त्योसंगै ४९ दिन भुमिगत रुपमा बिताए । भुमिगत रुपमा संलग्न भएर आन्दोलन सम्हाल्नु सहज थिएन ।

पार्टीका मान्छेहरुसंग सम्पर्क गर्न पनि समस्या थियो । फागुन सात गतेको आन्दोलन त पूर्वनिर्धारित भएकाले कुनै समस्या भएन त्यो दिन भन्दा पछि के कस्ता आन्दोलनका कार्यक्रम अगाडि बढाउने भन्नेमा टुंगो थिएन । आन्दोलनका थप कार्यक्रम तय गर्नका लागि मान्छेहरुसंग बैठक र छलफल गर्नुपर्ने थियो । त्यो संगै पंचायती सरकारको पखेटा पलाएको बेला थियो । भुमिगत बसेको समयमा एउटै घरमा बस्ने अवस्था थिएन । एउटै ठाँउमा बस्दा धेरै चहलपहल र कार्यकर्ताहरुको आगमन हुने भएकाले पंचायती सरकारका गुप्तचरले सुचना पाइहाल्थे । त्यही भएर एउटा सेल्टरमा ४÷५ दिन सम्म बस्ने सक्ने अवस्था नभएको मार्शलको अनुभव छ । उनले भने– ‘साथीहरु आउने भएकाले अलि बढि चहलपहल म बसेको घरमा हुने गर्दथ्यो । पंचायतले छ्यासछ्यास्ती गुप्तचर छोडेको थियो । भुमिगत नभएका पार्टीका साथीहरुका पछाडि पनि गुप्तचर हुन्थे, त्यही भएर एउटै सेल्टरमा ४÷५ दिन भन्दा बढि बस्ने ठाँउ थिएन् ।’

उनले नाम समेत फरक फरक सेल्टरमा फरक फरक नाम भनेर उनि बसेका थिए । घरको मुल मान्छेलाई मात्र उनी मार्शल जुलुम शाक्य भन्ने जानकारी हुन्थ्यो । परिवारका अन्य सदस्यलाई उनको नाम कहि काजी, कहि पुर्णबहादुर त कहि हिरन्यलाल भनेर चिन्दथे । उनि फोनबाट पार्टीका साथीहरुसंग सम्पर्क गर्दा पनि त्यही बोलेको भनेर भन्ने गर्दथे । पार्टीका मान्छे सवैको सम्पर्कमा उनि थिएनन् । उनीसंग सम्पर्कमा नेविसंघका माथिल्लो तहका मान्छेहरु थिए । उनको सेल्टर खोज्ने काम समेत उनीहरुले नै गर्ने गरेका थिए ।

४९ दिनसम्म भुमिगत भएको अवस्थामा दुईवटा सेल्टरबाट बालबाल बचेका थिए । एउटा महाराजगंजमा पूर्व न्यायधीशको घरमा सेल्टर लिएका थिए । २ दिन त्यहाँ बसेका थिए । त्यहा प्रहरीले पत्ता लगाएछ । उनले भने–‘त्यो घरमा म भएको जानकारी तत्कालिन आइजिपी हेमबहादुर मल्लकोमा पुगेछ । उनैले दुईजना प्रहरीलाई गुप्तचरी गर्न खटाएछन् । ती न्यायधीशकि श्रीमति घर कम्पाण्डमा निस्कदा बाहिर दिउसो २ वजेतिर साइकलमा घर वरिपरि केहि सुनिन्छ कि भने बसेका रहेछन । ती महिला बाहिर आइन, र प्रहरी पनि हिँडे । अनि ती महिलाले मलाई बाहिर प्रहरी भएको सुनाइन , त्यो थाह पाएपछि दिउसो नै कालो ट्म्पो लिन पठाएर केहि साथीलाई बोलाए । अनि टाउकोमा क्याप टोपी र खास्टो ओडेर टेम्पो चढे, पछाडि एकजना मोटरसाईलमा स्कटिङ लिएर अर्को सेल्टरमा पुगे । नभन्दै म निस्केको एक घण्टापछि त त्यो घरमा प्रहरीले छापा मारेछ ।’

त्यो भन्दापछि पनि उनि झण्डै झण्डै पक्राउ परेनन् । ओमबहालमा सेल्टर लिएर बसेको समयमा प्रहरीले होइन सेनाले पत्ता लगाएछ । शीर्ष नेताहरु सवै घरमा नै नजरबन्द भएकाले सवैभन्दा बढि पंचायत सरकारले मार्शल जुलुम कै खोजी गरेको छ । उनले दोश्रो पटक चाँही भाग्यले मात्र पक्राउ हुनबाट जोगिएको बताए– ‘ओमबहालमा एउटा सेल्टरमा बसिरहेको थिए, दिनभर कोठामा मात्र बस्दा आलश्य हुने भन्दै साँझ पख घरको कम्पाउण्डमा कै बगैचामा निस्केको थिए , त्यो घरमा रहेको आँखीझ्यालबाट सेनाको जस्तो कपाल काटेका मान्छेले चिहाएर हेरेको थिए । अनि तिनीहरु गएपछि अर्को घरका मान्छेलाई सोधेको कोठा खोज्नका लागि आएको बताएका रहेछन, अनि मैल अब यो घरमा बस्नु उचित छैन भनेर घरका मान्छेलाई सवै जानकारी दिएर हिँडे नभन्दै आधा घण्टापनि नपुदै त्यो घरमा प्रहरीले छापा मा¥यो । साँझको पाँच वजेको रहेछ । अनि केहि साथीहरुलाई खबर गरेर यसो भित्ता भित्ते बसन्तपुर पुगेर अर्को सेल्टरमा पुगे ।’

गणेशमान सिंहसंग सम्पर्क गर्नका लागि भने जनआन्दोलनकारीका जिम्मेवार नेताहरुलाई सम्पर्क गर्नका लागि एउटा नम्बर थियो । त्यो नम्बर सवैलाई जानकारी थिएन । उनले भने देशान्तरसंगको कुराकानीमा भने–‘गणेशमान सिंह र उनको परिवारको नाममा भएका सवै फोन नम्बर सरकारले सिज गरेको थियो । तर पिएल सिंहले चलाखी गरेर अरु कोही मान्छेको नाममा एउटा फोन लिएर गणेशमानको कोठामा जोडेका रहेछन । हामी त्यही नम्बरबाट उहाँसंग सम्पर्क गर्ने गदथ्यौं ।’

अर्को एक दिन प्रहरीको तालिम केन्द्र नजिकै गाडिको टायर बिग्रेर फसाद परेको समेत मार्शलले स्मरण गरे । लगनको एकजना शुभचिन्तकले दिएको गाडिमा साँझ पार्टीका साथीहरुसंग बैठक सकेर सवैलाई घर छोडेर फर्कनेक्रममा लक्ष्मी निवास नेर गाडिको टायर पन्चड भएको बताए । अर्को डरलाग्दो बिषय त त्यहाँ प्रहरीले पक्राउ गरेको भए १० जना जति थियौ । सवै समातिएको भए आन्दोलन नै शिथिल हुन्थ्यो ।

आन्दोलनका बारेमा कुनै नयाँ कार्यक्रमका बारेमा आम नागरिकलाई सुचना दिनुपर्दा कांग्रेसका तर्फबाट मार्शलको र बाममोर्चाका तर्फबाट राधाकृष्ण मैनालीको हस्ताक्षर हुने गरेको उनले बताए । उनले स्मरण गरे– आन्दोलनका बारेमा बिज्ञप्ती निकाल्नुप¥यो भने मैले र मैनालीले हस्ताक्षर गर्ने गरेका थियौ । तर मैले मैनालीलाई एकैपटक बहदल आएपछि मात्र भेटे, नेपाल बिद्यार्थी संघका साथीहरुले त्यो हस्ताक्षर गर्ने काम गर्दथे । मलाई अत्यान्तै निकट रहेर सहयोग गरेका थिए बलबहादुर केसीले । उनैले सेल्टर खोज्ने देखि यस्ता सवै काम गर्दथे ।’
जनआन्दोलनमा नेपाली कांग्रेसका तर्फबाट उपत्यकाको कमाण्ड सम्हालेको शाक्यसंग उनको निधन अघि देशान्तर साप्ताहिकले गरेको कुराकानी

प्रतिक्रिया दिनुहोस्