Logo

आज २०४६ सालमा प्रजातन्त्र स्थापना भएको ऐतिहाँसिक दिन

२०६३-६३ को आन्दोलनको सुरुवात भएको दिन पनि आजै



आज चैत २६ गते अर्थात २०४६ सालमा नेपालमा प्रजातन्त्र पुर्नवहाली भएको दिन हो ।  त्यसैगरि ऐतिहासिक २०६२ ६३ सालको जनआन्दोलन सुरु भएको दिन हो । २०१७ साल पुष १ गते राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री वीपी कोईरालाको सरकारलाई अपदस्त गरि निरकुंश पञ्चायती व्यवस्था स्थापना गरे ।

१०४ वर्षिय राणा शासनको अन्त्य गरि स्थापना भएको कलिलो प्रजातन्त्र निमोठेर शुरु गरिएको पञ्चायती व्यवस्था २०४६ मा आजैको दिन अन्त्य भएको थियो । नेपाली कांग्रेसको नेतृत्वमा नेपालका वामपन्थीहरुले पञ्चायती व्यवस्था बिरुद्ध सडकमा आएर पञ्चायती व्यवस्थाको अन्त्य गरेका थिए ।

विगतमा ०४६ सालको जनआन्दोलन सफल भएको स्मरण गर्दै दलहरुले सहीदहरुको सम्मान र आन्दोलनको उपलब्धी संस्थागत गर्न विभिन्न कार्यक्रमको आयोजना गर्ने भएपनि यो पटक कोरोना भाइरसको संक्रमणका कारण मुलुक लकडाउनको अवसथामा रहेकाले कुनै सार्वजानिक कार्यक्रम नहुने भएका छन् । यस्तै २०६२ साल चैत्र २६ गतेबाट सुरु भएको जनआन्दोलन २ ले २ सय ३७ बर्षे ईतिहास बोकेको राजतन्त्रको समेत अन्त्य भएको थियो ।

प्रतिक्रिया दिनुहोस्