Logo

स्वास्थ्यमा समस्या बढेपछि बेलायती प्रधानमन्त्री जोनसनलाई आइसीयूमा



कोरोनो भाइरसको संक्रमणका कारण अस्पताल भर्ना भएको बेलायती प्रधानमन्त्री बोरिस जोनसोनको स्वासथ्य विग्रन थालेपछि उनलाई लण्डनको अस्पतालमा इन्सेन्टिभ केयर युनिट (आइसीयू) मा राखिएको छ । यद्यपि, उनी होशमा नै भएको जानकारी दिइएको छ । जोनसोनलाई ११ दिन अघि कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो ।

बोरिस जोनसोनले अस्पताल भर्ना हुनु अघिसम्म प्रधानमन्त्री पदको जिम्मेवारी आइसोलेशनमा रहँदासमेत सम्हालिरहेका थिए । अहिले भने उनले आफ्नो जिम्मेवारी विदेशमन्त्री डोमिनिक राबलाई हस्तान्तरण गरेका छन् । प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार बेलायती एनएचएस स्वास्थ्यकर्मी प्रधानमन्त्रीको पूर्ण प्रतिबद्धताका साथ हेरविचार गरिरहेका छन् ।

५५ वर्षीय प्रधानमन्त्री जोनसनलाई आइतवार लण्डनस्थित सेन्ट टमसेज अस्पतालमा नियमित चेकजाँचका लागि गएको अवस्थामा भर्ना गरिएको थियो । महारानी एलिजाबेथलाई पनि प्रधानमन्त्री जोनसनको स्वास्थ्य अवस्थाकाबारे अवगत गराइएको बकिंघम राजदरबारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्