Logo

ससस्त्र प्रहरी परिचालित छ, अवश्यक परे सेना पनि जान्छ : मन्त्री त्रिपाठी



संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री ह्दयेश त्रिपाठीले सरकार लकडाउनलाई अझै कडाईका साथ कार्यान्वयनमा ल्याउने तयारीमा रहेको बताएका छन् । मन्त्री त्रिपाठीले विकासटाइम्ससंग कुरा गर्दै सरकारले लकडाउनका कडाईका लागि एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जानका लागि रोक लगाएको अनि सिमामा कडाई गरेको समेत जानकारी दिए । उनले सिमामा कडाई गर्नका लागि अहिले ससस्त्र प्रहरीको थप टोली पठाएको बताए । उनले सिमामा कडाई गर्न र लकडाउनका पूरै कार्यान्वयनका लागि आवश्यक परेमा नेपाली सेनालाई पनि पठाउने तयारीमा सरकार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्