Logo

कतारका नेपालीको प्रधानमन्त्रीलाई पत्र : कोरोना रोकथाम गर्ने लकडाउन बाहेकका उपाय छैनन् ?



नेपाली जनसम्पर्क समिति कतारका कार्यबहाक अध्यक्ष शंकर न्यौपानेले प्रधानमन्त्री केपी ओलीलाई पत्र लेख्दै कोरोना संक्रमणको महामारी रोक्नका लागि सरकारसंग लकडाउन मात्रै उपाय हो कि अन्य तयारी गरेको छ भनि प्रश्न गरेका छन् । उनले आफ्नो फेसबुकमा विश्वलाई नै तहसनहस बनाएको कोरोना परिक्षणको दायर कहिले सम्म बढाउने, लकडाउनसंगै अन्य केहि तयारी सरकार गरेको छ कि छैन भनि प्रश्न गरेका छन् ।

प्रधानमन्त्री ज्यू
तपाइँको नेतृत्वमा २०७४ फागुन ३ गते सरकार बन्यो । चुनावका बेला रेल कुदाउने, हरेक घरका भान्सामा ग्यासको पाइप र्पुयाउने वाचा गर्नु भएकै हो । घोषणापत्रमा एक प्रेमीले प्रेमिकालाई आकाशको तारा खसाई दिन्छु झैँ जादुकै छडी चलाएर भए पनि विकास र समृद्धि दिने वाचा गरेकै हो । केही भएन भनेर निराश जनतालाई सुखी नेपाली, समृद्व नेपालको सपना बाँड्नु भयो । त्यो सबै त अहिलेलाई थाती राखौ तर संसारमा एत्रो मानवीय क्षति भयो । अरुले लाखौं लाखको परीक्षण गरिसके हामीले परीक्षणको दाएरा कैले बढाउने ? अनी बैकल्पिक योजना हरु केइ छनकी छैनन कोरोना नियन्त्रणका लागि ? महामारी रोकथामका लागि सरकारले केबल लकडाउन मात्र गर्नेकी लकडाउन पछीका केइ योजनाहरु पनि छन ? केइ ठोश योजनाहरु आउन भन्ने आशाका साथ सम्पूर्ण नेपालीजनहरुको सु स्वास्थ्यको कामना गर्दछु । जय नेपाल ।

प्रतिक्रिया दिनुहोस्