Logo

स्वास्थ्यकर्मीको मानविय भावनाले मात्र कोरोना संक्रमणबाट पार पाउन सकिन्छ : डा शशांक



नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले कोरोनाको संक्रमणका विरुद्ध मैदान उत्रिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीमा सरकारले मानवियताको भावना जगाउनुपर्ने बताएका छन् । विकास टाइम्ससंग कुरा गर्दै महामन्त्री कोइरालाले तबल भत्ता र पैसा भन्दा पनि उनीहरुले पनि मानवियताको भावनाका साथ मैदानमा उत्रिएमा कोरोनाको संक्रमणबाट पार पाउने बताए । महामन्त्री कोइरालाले सरकार राम्रा प्रयास गर्दा गर्दा पनि संक्रमण भएका मुलुकबाट आउने मान्छेको निगरानी गर्न नसक्नु र कोरोना भाइरसको संक्रमणको परिक्षण गर्न नसक्नु कमजोरी भएको बताए ।

उनले सरकारले चिकित्सकहरुको मनोबल बढाउनका लागि पीपीई लगायतका स्वास्थ्य उपकरणको व्यवस्था गर्न ढिलाई गर्न नहुने स्पष्ट पारे । उनले अन्तर्राष्ट्रिय उडानमा अझै एक महिना प्रतिबन्ध लगाउनुपर्ने बताएका छन् । महामन्त्री कोइरालाले विदेशबाट आएका नागरिकको निगरानी बढाउनुपर्ने र परिक्षणका लागि सरकार गम्भिर हुनुपर्ने बताए । उनले संक्रमण भएका देशबाट मान्छे नेपाल आउन एक महिना रोक्नुपर्ने बताए । कोइरालाले सरकारलाई सुझाव दिदै संक्रमणको रोकथामसंगै भविश्यमा आउने आर्थिक मन्दी र भोकमारी रोक्न समेत सरकार सचेत हुनुपर्ने बताए ।

महामन्त्री कोइरालासंगको भिडियो कुराकानी :

प्रतिक्रिया दिनुहोस्