Logo

आयल निगमद्धारा आधा सिलिण्डर ग्यास बेच्ने निर्णय



नेपाल आयल निगमले माग अनुसार ग्यास पु¥याउन नसकिने अवस्था आएपछि आधा सिलिण्डर ग्यास बेच्ने निर्णय गरेको छ । निगमले सिलिन्डर आधा मात्र भरेर बजारमा पठाउन ग्यास उद्योगहरुलाई निर्देशन दिएको हो ।

निगमले बुधबार राति नै सिलिन्डरमा आधा परिमाण मात्रै ग्यास भर्न निर्देशन दिएको एलपी ग्यास उद्योग संघले जनाएको छ । यसअघि सिलिण्डरमा १४ दशमलब दुई केजी ग्यास बिक्री हुँदै आएकोमा अव सात दशमलब एक केजी मात्रै दिने भएको हो ।

यसअघि भारतले गरेको नाकाबन्दीको समयमा पनि आधा सिलिण्डर ग्यास उपलब्ध गराइएको थियो ।।

प्रतिक्रिया दिनुहोस्