Logo

न्यून आय भएका वर्गलाई विषेश राहत प्याकेज घोषणा गर्न देउवाको माग



प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दैनिक ज्यालादारीमा निर्भर रहेका र न्युन आय भएकालाई तत्काल विषेश राहत प्याकेज घोषणा गर्न सरकारसंग माग गरेका छन् ।

उनले विहिवार सामाजिक सन्जाल ट्वीटर मार्फत विश्वभरी फैलिएको कोरोनाभाइरसबाट सुरक्षित हुन लकडाउन उत्तम विकल्प भएको बताउदै लकडाउनका कारण कुनैपनि वर्ग तथा समुदाय भोकमारीको शिकार बन्न नपरोस भन्ने उल्लेख गरेका छन् ।

सभपाति देउवाले न्यून आय भएका तथा दैनिक ज्यालादारीमा निर्भर भएका समुदायलाई सरकारले विषेश राहत प्याकेजको घोषणा गर्न माग गरेका छन् ।

सभापति देउवाले कोरोना भाइरसबाट सुरक्षित हुने सवैभन्दा उत्तम माध्याम लकडाउन भएको भन्दै आम नेपालीलाई घर घरमा नै बसेर लकडाउनका पालना गर्नका लागि पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्