Logo

बैंकका सिमित शाखा आज ११ वजेदेखि १ वजेसम्मा खुल्न थाले



अति आवश्यक बैंकिङ तथा वित्तीय संस्थाहरु आजदेखि आंशिक रुपमा खुलेका छन् । कोरोना नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिको निर्देशनपछि आज बैंकहरु नगद कारोबारका लागि आंशिक रुपमा खुल्न लागेका हुन् । नेपाल बैंकर एशोसियसनका अनुसार बैंकका सिमित शाखाहरुमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मात्रै कारोबार हुनेछन् ।

उपप्रधान एवम् रक्षा मन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको उच्चस्तरीय समितिले हिजो अति आवश्यक बैंकिङ सेवा गृह मन्त्रालय र अर्थ मन्त्रालयको समन्वयमा सूचारु गर्न निर्देशन दिएको थियो । बैंकहरु बन्द हुँदा नागरिकहरुलाई नगदको समस्या पर्न थालेपछि नेपाल राष्ट्र बैंकलेसमेत बैंकहरुलाई नगद अभाव हुन नदिने प्रबन्ध मिलाउन निर्देशन दिएको थियो । राष्ट्र बैंकले सकेसम्म विद्युतीय माध्यमबाट हुने कारोबारलाई बढी प्राथमिकतामा राख्न निर्देशन दिएको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाहरुद्वारा सञ्चालित एटिएम मेसिनहरुमा पर्याप्त नगद राख्न र त्यसको निगरानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

राष्ट्र बैंकले प्रदेश तथा स्थानीय तहहरुमा स्थानीय प्रशासनसँगको समन्वयमा बैंकको अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । बैंकहरुले उच्चस्तरीय समिति र राष्ट्र बैंकको निर्देशन अनुसार आजदेखि आंशिक रुपमा सञ्चालन गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्