Logo

लण्डनको अस्पतालमा कोरोना भाइरससँग जीवन–मृत्युको संघर्ष गरिरहेकी नेपाली महिला डिस्चार्ज



काठमाडौं । कोरोना संक्रमण भएर लन्डनको एक अस्पतालमा जीवन–मृत्युको संघर्ष गरिरहेकी लमजुङकी भगवती रानाभाट डिस्चार्ज भएकी छिन् । रानाभाटलाई लन्डनको नर्थविक पार्क हस्पिटलले मंगलबार डिस्चार्ज दिएको हो । उनी गत शुक्रबार अस्पताल भर्ना भएकी थिइन् ।

अस्पतालकै बेडबाट उनले आफूलाई कोभिड –१९ ले ग्रस्त पार्दै गएको, निको हुने संकेत नदेखिएको भन्दै कोरोनासँग जोगिन सामाजिक सञ्जाल फेसबुकमा आग्रह गरेकी थिइन् ।

अस्पतालले भगवतीलाई सात दिनको लागि औषधि दिउको छ । भगवतीका पति र छोराछोरीलाई १४ दिनसम्म सेल्फ आइसोलेसनमा बस्न सल्लाह दिएको छ । भगवतीको शरिरबाट कोरोना भाइरस हटिसकेको वा नहटेको स्पष्ट जानकारी अस्पतालले नदिएको उनकापति डा. मिन रानाभाटले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्