Logo

सप्तरीमा शंकास्पद ३६ जना क्वारेन्टाइनमा , ५६ वटा आइसुलेशन वार्ड तयार



सप्तरीमा कोरोना भाइरसको शंका लागेको ३६ जनालाई व्यक्तिहरुलाई निगरानीमा राख्नका लागि सप्तरी जिल्लाका १८ ओटै स्थानीय तहहरुले आ–आफ्नो श्रोत साधनलाई उपयोग गर्दै क्वारेन्टाइन निर्माण गरेको छ । ज्वरो, रुघाखोकी लगायतका लक्षणहरु देखिएमा राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य जाँच गराई सम्वन्धित नगरपालिका तथा गाउँपालिकाहरुमै व्यवस्था गरिएको क्वारेन्टाइनमा शंकास्पद विरामीहरुलाई राख्ने गरिएको छ ।

 

स्वास्थ्य कार्यालय सप्तरीले जानकारी अनुसार राजविराज नगरपालिका स्थित साईकृष्णा मेडिकल ११, डाक्नेश्वरी नगरपालिकाको माध्यमिक विद्यालय पातोमा २, राजगढ गाउँपालिकाको माध्यमिक विद्यालय नर्घामा २, अग्नीसाइर कृष्णासवरण गाउँपालिकाको जनचेतना माध्यमिक विद्यालय घोघिदाहामा १, छिन्नमस्ता गाउँपालिका स्थित चौरसिया धर्मशालामा ९, तिलाठी कोइलाडी गाउँपालिकाको माध्यमिक विद्यालय कट्टीमा २ गरी ३६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । यस्तै राजविराजमा ५६ वटा आइसोलेशन कक्ष तयारी अवस्थामा राखिएको छ । भाइरसको आशंका रहेका व्यक्तिहरुलाई निगरानीमा राख्नकालागि सप्तरीका ४ वटा अस्पतालमा आइसोलेसन कक्ष तयार अवस्थामा राखिएको छ । गजेन्द्रनारायण सिंह अस्पतालमा ६ शैया, छिन्नमस्ता अस्पतालमा २० शैय्या, युनिक अस्पतालमा २० तथा क्षेत्रीय प्रहरी अस्पतालमा १० गरी सप्तरीमा आइसोलेसनकालागि ५६ शैय्या तयारी अवस्थामा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्