Logo

इटलीमा कोरोना संक्रमणका कारण ५० पादरीको मृत्यु



कोरोना भाइरसको संक्रमणका कारण इटालीमा कम्तिमा ५० जना पादरीको निधन भएको छ । मृत्यु हुनेमा लोवेरे बेर्गोमोमा रहेको चर्चका पादरी ७२ वर्षे जुसेप्पे बेरार्देली समेत रहेका छन् । बेर्गोमो कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित शहरमा पर्छ । फादर जुसेप्पेको मार्चको सुरुमा निधन भएको हो । कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित देश इटालीमा अहिलेसम्म सात हजार ५ सय भन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्