Logo

स्याङजा जिल्लामा विदेशबाट नेपाल फर्केका ५० जना क्वारेन्टाइनमा



नेपाल बाहिरबाट नेपाल आएकाहरु ५० जनालाई स्याङजा जिल्ला भित्र रहेका विभिन्न क्वारेन्टाइनमा राखिएको छ । जिल्लाका फेदीखोला, पुतलीबजार, वालिङ र गल्याङमा रहेका क्वारेन्टाइनमा विभिन्न देशबाट आएका ५० जनालाई राखिएको हो ।  विदेशबाट आएकाहरुबाट क्वारेन्टाइनमा राख्नुपर्नेको संख्या बढ्न सक्ने पुतलीबजारकी नगरप्रमुख सिमा कुमारी क्षेत्रीले बताएकी छन् ।

फ्रान्सबाट नेपाल फर्केकी कोरोनाको पुष्टी भएकी काठमाडौकी एक युवतीसगै आएका स्याङजाका ६ जना जिल्ला प्रशासन कार्यालय स्याङजाको सम्पर्कमा आएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिएका छन् । उनीहरु मध्य पोखाराको आइसुलेशनमा ३ जना रहेका छन् भने टक्सारका एक युवक पुतलीबजारमा, एक जना भिरकोट र एकजना बुटवलमा क्वारेन्टाइनमा रहेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयले शुरु गरेको लकडाउन कार्यमा जिल्लाबासीहरुले सहयोग गरेको अनुमान गरेको छ । वालिङमा विभिन्न देशहरुबाट आएका २१ जना सेल्फ क्वारेन्टाइनमा रहेका छन् । उनले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रत्यक्ष रेखदेख गरिएको छ । उनीहरुलाई आवश्यकता अनुसार मात्रै घर बाहिर निस्कन स्थानीय प्रशासनले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्