Logo

गण्डकी प्रदेश सरकारको कोरोना विषेश अस्पताल बनाउने घोषणा कागजमा सिमित



कोरोना भाइरसको संक्रमणले विश्वलाई आंतकित बनाएको छ । यो आंतकको सामाना गर्न विश्वले अनेकन प्रयत्न गरिरहेको छ । शक्तिशाली मुलुकदेखि गरिब मुलुकले आफ्नो सम्पुर्ण शक्ति खर्च गरिरहेका छन् । यही बेलामा लेखनाथ सामुदायिक अस्पताललाई कोरोना भाइरस संक्रमित बिरामीलाई राख्न गण्डकी प्रदेश सरकारले घोषणा प्रति अस्पताल सञ्चालक समितिले सो विषयमा जानकारी नभएको जनाएको छ ।

गण्डकी प्रदेश सरकारले यही अस्पतालाई कोरोना संक्रमणको उपचारका लागि विषेश अस्पताल बनाउने घोषणा गरेको थियो । तर अस्पताल सञ्चालक समितिका अध्यक्ष रमानाथ पौडेलले प्रदशे सरकारको टोलि एकपटक हेर्न आएको तर उपकरण र आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था नै नगरि तथा आफुहरुको जानकारी विना नै कोरोना संक्रमितको उपचारका लागि आइसोलेसनसहितको विषेश अस्पताल घोषणा गरिएको बताए ।

अस्पताल पुगेको गण्डकी प्रदेश सरकारको टोली प्रसुति वार्डलाइ आइसोलेसन बनाउने भन्दै फर्किएको थियो । अहिले पनि सो समुदायिक अस्पतालमा १२ वटा सामान्य विरामी बस्ने वेड भन्दा केहि पनि छैन् । गण्डकी प्रदेश सरकारले यो सामुदायिक अस्पतालमा ६० बेड रहने गरि कोरोनाको संक्रमीत विरामीका लागि आइसोलेसन सेन्टर तयार पारिएको बताएको थियो ।

अहिले अस्पतालमा चार जनाको लागि आइसीयु र एउटा भेन्टिलेटर भएपनि आइसोलेसन सेन्टरको लागि आवश्यक कुनै तयारी नभएको संचालक समितिका अध्यक्ष पौडेलले बताए ।।

प्रतिक्रिया दिनुहोस्