Logo

कोरोना संक्रमण प्रभावकारी उपचार गरेको दक्षिण कोरियासंग पीपीई खरिद गर्दै सरकार



सरकारले कोरोना संक्रमित व्यक्तिको उपचारमा संलग्न चिकित्सकहरुको सुरक्षाका लागि आवश्यक पर्सनल पोटेक्टिभ इक्विपमेन्ट पीपीई खरिद प्रकृया अघि बढाएको छ । दक्षिण कोरियासंग पीपीई खरिदको प्रक्रिया अगाडि बढाएको उच्च सरकारी स्रोतले जनाएको छ । सरकारले कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी कोइकासँग पीपीई खरिदका लागि प्रारम्भिक जानकारी माग गरेको हो । टेकुलगायत विभिन्न अस्पतालमा चिकित्सक र स्वास्थ्य सेवा प्रवाहमा संलग्न व्यक्तिहरु अपर्याप्त सुविधा र उपकरणकै अवस्थामा कार्यरत रहेको बेला सरकारले विदेशबाट पीपीई खरिद प्रक्रिया अगाडि बढाएको हो । छिमेकी चीनले पीपीईलगायतका सुरक्षित पोशाक र अन्य उपकरण आपुर्ति गर्ने तयारी गरिरहेको छ । तर सरकारले कोरोनाबाट संक्रमित भई प्रभावशाली उपचार दिन सफल दक्षिण कोरिया सरकारसँग पीपीई खरिद प्रकृया सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्