Logo

काठमाडौं महानगरपालिकाले महानगरका भिडभाड हुने क्षेत्रमा किटनाशक औषधी छर्कन सुरु



काठमाडौं महानगरपालिकाले कोरोना भाइस रोकथाम गर्नका लागि बुधबारदेखि महानगर क्षेत्र भित्रका विभिन्न स्थानमा (डिसइन्फेक्सन स्प्रे) कीटनाशक औषधि छर्कन थालेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिंदै गइरहेको कोरोना भाइरसको संक्रमण महानगर क्षेत्रभित्र फैलिन नदिन यस्तो प्रयासको थालनी गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

काठमाडौं महानगपालिकाले बढी भीडभाड हुने भित्रि सहरका असन, इन्द्रचोकसँगै टेकु अस्पताल, कालीमाटी तरकारी बजार, वीर अस्पताल अगाडिलगायतका स्थानमा आजबाटै कीटनाशक औषधि छर्कने कार्यको सुरुवात गरेको हो ।

सार्वजनिक स्थानमा किटनाशक औषधि छर्किने, सडक पानीले पखाल्ने, ब्रुमरले सडक सफा गर्ने जस्ता कामलाई निरन्तरता दिने महानगरपालिकाले जनाएको छ । काठमाडौं महानगरले पहिलो चरणमा चार हजार लिटर क्षमताका तीनवटा ट्याङ्करमार्फत कीटनाशक औषधि छर्किन सुरु गरेको उपमेयर हरिप्रिया खड्गीले जनाकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्