Logo

घरबाटै सरकार चलाइरहेको छु, तपाई पनि घरमा नै बस्नुस : प्रधानमन्त्री ओली



प्रधानमन्त्री केपी ओलीले लकडाउनका बेला घरमै बस्न आम नागरिकलाई आपिल गरेका छन् । उनले आफू पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको र आम नागरिकलाई पनि पनि घरमै बसिदिन आग्रह गरेका हुन् ।

बुधबार फोटोसहित ट्वीट गर्दै प्रधानमन्त्री ओलीले लकडाउनका बेला पनि सुरक्षित रहन आग्रह गरेका छन् ।

‘हामी सबै अहिले लकडाउनमा छौं,’ उनले भने, ‘अर्को घोषणा नहुञ्जेल घरमै बस्नुस् ।’ सरकारले चैत १८ गतेसम्म लकडाउन घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्