Logo

बेलायतका राजकुमार चाल्सलाई कोरोनाको संक्रमण



बेलायतका राजकुमार चाल्सलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । उनलाई कोरोना भाइरसको संक्रमण देखिएपनि स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।  ७१ वर्षीय प्रिन्स अफ वेल्स चार्ल्समा संक्रमणको मध्यम लक्षण देखिएको बीबीसीले उल्लेख गरेको छ। बीबीसीका अनुसार  बेलायती राजसंस्थाका उतराधिकारी चार्ल्स र क्यामिल्ला स्कटल्यान्ड स्थित घरमा आइसोलेसनमा छन्।

दुई हप्ताअघि उनले मोनेकोका राजकुमार अलबर्टसँग भटेका थिए। त्यसयता उनी सेल्फ क्वारेन्टाइनमा बस्दै आएका थिए।  यसअघि रानी एलिजावेथ बस्ने बकिंघम प्यालेसकी एक कर्मचारीमा समेत भाइरसको संक्रमण देखिएको थियो ।

विश्वभर कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थामा चार्ल्स विभिन्न कार्यक्रममा देखिएका थिए। तर, भाइरस प्रति सजक हुँदै उनले कार्यक्रमहरुमा हात मिलाउनुको सट्टा नमस्कार गर्दै गरेको भिडियो सार्वजनिक भएका थिए।

प्रतिक्रिया दिनुहोस्