Logo

कोरोना संक्रमण भएका नयाँ युवा दुवईबाट नेपाल आएका थिए

ज्वरो आउने र खोकी लाग्ने भएपछि परिक्षण गर्न पुगेका युवा फेरि होटल फर्की बसेका थिए



कोरोना संक्रमण पुष्टि भएका तेस्रो नेपाली युवा चैत ६ गते दुवईबाट फर्केका थिए । उनी धादिङका हुन् । दुवईबाट फर्केर उनी काठमाडौँको होटलमा बसेका थिए । ज्वरो आउने र खोकी लाग्ने समस्या देखिएपछि चैत १० गते उनी परीक्षणका लागि टेकु अस्पताल पुगेका थिए । तर टेकुमा परिक्षण गराएर उनी फेरि होटलमा नै फर्केर बसेका थिए । आफूमा संक्रमण रहेको पुष्टि भएको जानकारीसँगै उनी मंगलबार बेलुका टेकु अस्पतालमा भर्ना भएका छन् ।

ती युवकमा मंगलबार राति साढे १२ बजे संक्रमण पुष्टि भएपछि बुधबार बिहानै भर्नाका लागि टेकु अस्पताल बोलाइएको थियो । स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवले थप एकजनामा कोरोना पोजेटिभ देखिएको पुष्टि गरे । उनलाई टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालको आइसोलेशन वार्डमा राखिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ । यसअघि चीनबाट फर्केका एक युवा र फ्रान्सबाट कतार हुँदै फर्केकी एक युवतीमा कोरोनाको संक्रमण देखिएको थियो । चीनबाट फर्केका युवा उपचारपछि निको भएर घर फर्किसकेका छन् भने युवतीको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्