Logo

टेलिकम र एनसेलको रिङ ब्याक टोनमा लकडाउनको सुचना राख्न नेता पौडेलका आग्रह



नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कोरोना भाइरसको संक्रमण रोक्नका लागि सरकारले सुरु गरेको लकडाउनको सुचना नेपाल टेलिकम र एनसेलको रिङ ब्याक टोनमा राख्न आग्रह गरेका छन् ।

जनचेतनाका लागि अत्यन्त प्रभावकारी मानिएको रिङ ब्याक टोनमा लकडाउन के हो र किन लक डाउन भन्ने सुचना राख्नुपर्ने सुचना राख्न ट्विटर मार्फत आग्रह गरेका छन् ।

सरकारले लागु गरेको लकडाउन पूर्ण रुपमा कार्यान्वयन नभएको भन्दै नेता पौडेलले संक्रमण नियन्त्रण गर्न योजस्तो प्रभावकारी अर्को उपाय नभएकाले यसबारे टेलिकमलगायत एफएम, टेलिभिजन, अनलाइन मिडिया, पत्रपत्रिकामार्फत् सबैलाई सूचना प्रवाह गर्न लगाउनु उत्तम हुने बताएका हुन् ।

उनले लकडाउनमा के गर्न पाइन्छ के पाइँदैन त्यो पनि सूचना गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्