Logo

नेपालमा महामारी फैलिसकेपछि भारतलाई जोगाउन सीमा बन्द गर्ने ?

कुन दिनको प्रतिक्षामा छ सरकार ? किन बन्द हुँदैन नेपाल -भारत सीमा ?



काठमाडौं । कोरोना भाइरसले गर्मी खप्न सक्दैन यसकारण भारत जस्तो गर्मी हुने देशमा कोरोना आउँदैन भन्ने गरिन्थ्यो । अहिलेसम्म भारतमै कोरोनाबाट सात जनाको मृत्यु भइसकेको छ । वर्ल्ड ओमिटरले जनाएअनुसार ३६० जना संक्रमित भइसकेका छन् ।

भारतमा कोरोना आउँदा हामी नेपालमा भारतको पनि धेरै परको राज्यमा भएको हो नेपालमा केही हुँदैन भनेर बसेका छौं । यसो भन्दा भन्दै भारतको बिहारमै एक ३८ वर्षका युवाको ज्यान कोरोनाले लिएको छ । जबकी युवाहरुमा कोरोनाले केही गर्र्दैन, निको हुन्छ भन्ने ठानिन्थ्यो ।

बिहारमा आएको कोरोना कहाँ नेपाल आउला ? भन्नेहरु पनि नभएका होइनन् । तर वीरगञ्जका एक अग्रवाल थरका व्यक्ति बिरामी भए । उनी थप उपचारका लागि पटना जाँदा त्यहाँ उनलाई कोरोना भएको पत्त ा लागेको छ ।

अब कोरोनाबाट हामी कसरी घेरिँदैछौं भन्ने देखिँदैछ । नेपाल सरकारलाई चौतर्फ सीमा बन्द गर्न दबाब छ । तर सरकार सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेर बसेको छ । तर भारतसँगको सीमा बन्द गर्न मानेको छैन ।

अझै गृहमन्त्री रामबहादुर थापा बादलले त आइतबार नेपालकालागि भारतका राजदूत विनयमोहन क्वात्रासँग सीमा सहकार्य गर्न आग्रह गरेका छन् ।

अहिले नै भारतमा नेपालबाट कसैलाई पनि जान प्रवेश दिइएको छैन । तर भारतबाट ह्वारह्वार्ती मानिसहरु पसिरहेका छन् ।

अब प्रश्न उठेको छ, कुन दिनको प्रतिक्षामा छ नेपाल सरकार ? के नेपालमा महामारी फैलिसकोस अनि भारतलाई जोगाउन सीमा बन्द गर्ने हो ? टिप्पणी

प्रतिक्रिया दिनुहोस्