Logo

२०३९ सालमा तम्घासमा देखेको गिरिजावाबुमा कहिल्यै निरास र निस्कृयता देखिन



०३९ सालमा म कक्षा आठमा पढ्थे“ । राजनीतिप्रति अलि अलि रुचि राख्थे“ । असार, साउनको महिना जस्तो लाग्छ, पानी परिरहेकोे थियो । गिरिजाप्रसाद कोइराला पार्टीको संगठन विस्तार गर्ने क्रममा नेपाल भ्रमणमा निस्कनुभएको थियो । त्यसक्रममा उहा“ पाल्पा हु“दै गुल्मी आइपुग्नुभएको रहेछ । मलाई त राति अबेरमात्र थाहा भयो । गुल्मीमा सीमित कांग्रेसका नेतालाई राखेर मिटिङ गर्ने कार्यक्रम रहेछ । हिरामणि सापकोटाको शाकाहारी भोजनालयमा ‘मिटिङ’ भयो । होटल त अहिले पनि छ । गिरिजाबाबु बेलुका अबेर आइपुग्ने र त्यही“ बस्ने कार्यक्रम रहेछ । जुन कुरा कांग्रेसका केही नेता (चन्द्र भण्डारी, भागवत् ज्ञवाली, फणिन्द्र भण्डारी, चन्द्र केसी, मोहन सिंह थापालगायत) लाई मात्र थाहा रहेछ ।
पञ्चायती शासन भएकाले होला, त्यसको जानकारी धेरैलाई रहेनछ । चन्द्र (भण्डारी) दाइले मलाई दिउ“सो नै राति तिमी कतै जानुपर्दछ भन्नुभएको थियो । मैले हुन्छ त भनेको थिए“, तर किन भनेर सोधिन“ । उहा“ले पनि भन्नुभएन ।
हाम्रो घरमा गाई पालिएको थियो । चन्द्रदाइले बुबालाई पनि भन्नुभएको रहेछ, त्यसैले सा“झ होटलतिर जा“दा बुबाले नै दूध लिएर जा भन्नुभयो । दूधको किल्टी बोकेर म साढे आठ बजे घरबाट निस्किए“, साथमा थिए गोपाल पन्थी र रेमलाल मरासिनी । मलाई कहा“ जाने भन्ने जानकारी थिएन । रेमलाल र गोपाल त गुल्मीमा कालो कांग्रेस मानिन्थे ।
हामी शाकाहारी भोजनालय पुग्यौ“ । माथिल्लो तल्लामा उक्ल“दा पातला ३÷४ जना मान्छे र भागवत् ज्ञवालीहरू बसेका रहेछन् । मलाई लाग्यो, यो के मिटिङ रहेछ ? म राजनीतिमा थिइन“, तर चार कक्षा पढ्दादेखि नै रेडक्रसमा भने लागेको थिए“ ।
केही छिन्मा मिटिङ सुरु भयो । माइन्युट गर्न रजिष्ट्रर पनि झिकाइएको थियो । कसरी संगठन गर्ने ? आन्दोलनलाई कसरी अघि बढाउने ? आदि कुरा भए ।
होटलका मालिकसमेत रहेका हिरामणिले बीचबीचमा गिरिजाबाबु, गिरिजाबाबु भनेर बोलाउ“थे । चन्द्रदाइले मरासिनीले पनि ‘त्यो बीचमा बसेकोचाहि“ नेता’ भनेर खुसुक्क चिनाइदिए । तर, मलाई खासै चासो नभएकाले बैठकको एउटा कुनामा बसेर सुनिरहे“ ।
मिटिङ सक्दा त्यस्तै साढे बाह्रजस्तो भएको थियो । त्यसपछि नेताहरूले खाना खानुभयोे । मनहरि बराल, बसन्त गौचन, ध्रुव वाग्लेसहितका नेता र केही युवा थिए टोलीमा ।
बाहिरबाट गएका सबैलाई एउटै हलमा सुत्ने व्यवस्था गरिएको थियो । साढे बाह्र बजेपछि गिरिजाबाबुलगायतका नेता सुत्नुभयो । तर राति उहा“लाई ज्वरो आएछ । । सबैले हल्लीखल्ली गरे, ‘गिरिजाबाबुलाई ज्वरो आयो ।’
हामी पनि होटलमै थियौ“ । ३ बजे बिहान गुल्मीबाट नहि“डे पक्राउ पर्ने सम्भावना रहेछ । राममणि ज्ञवाली, रेवती भुसाललगायतका नेताले अर्घाखा“चीको अर्घातोससम्म लिन आउने कार्यक्रम रहेछ । यताबाट छाड्न त्यहा“सम्म जानुपर्ने भयो । भागवत् लिनसमेत गएकाले हि“ड्न नसक्ने भएका थिए । चन्द्र भण्डारी, फणिन्द्र दाइ, राजन पन्त र म पु¥याउन गयौ“ । यो टाठो छ, झोलासोला बोक्छ भनेर लगे होलान् मलाई । तर, खास कुरा थाहा छैन ।
त्यस दिनको कुरा सकियो । पछि म क्याम्पस पढ्न थालेपछि मात्र गिरिजाबाबु त कांग्रेसका नेता रहेछन् भन्ने थाहा भयो । मैले आई ए पास गरे“ । बिए पढ्न बुटवल बहुमुखी क्याम्पसमा आए“ । त्यहा“ तेजप्रसाद क“डेल, रवि मल्ललगायतका कम्युनिस्ट सर हुनुहुन्थ्यो । मलाई पनि राजनीतिमा चासो हुन थाल्यो ।
बुटवलमा पढ्दापढ्दै म त्रिचन्द्र क्याम्पस आए“, बिए काठमाडौंमा नै पढ्नुपर्दछ भनेर । त्रिचन्द्रमा म नेविसंघको इकाईको सदस्य थिए“ । शंकर भण्डारी, किशोरसिंह राठौर, हरि आचार्य मभन्दा एक ब्याज सिनियर हुन् ।
बिए पास गरिसकेको थिए“ । म भलिबलको राम्रो खेलाडी थिए“ । साथीहरूले हल्ला गरे, तिमीले त पुलिसको इन्स्पेक्टरमा फाइट गरे हुन्छ । २०५० सालमा इन्सपेक्टरको भर्ना खुलेको थियो, मैले पनि आवेदन दिए“ । तर, मेरो नाम निस्किएन ।
फेरि असइमा आवेदन दिए“, नाम निस्कियो । धेरै साथीहरूले इन्स्पेक्टरमै नाम निकाले, तर मेरो भने असइमा मात्र नाम निस्कियो ।
२०५१ सालमा फेरि मैले इन्स्पेक्टरको जा“च दिए“ । यसपालि लिखितमा त नाम निस्कियो, तर फाइनलमा निस्किएन ।
तर असईमा त मेरो नाम निस्किएको थियो । मेरा मान्छे कोही थिएनन्, एक्लै नाम निकाल्न सकिन“ । २०५२ सालसम्म मैले तालिम सके“ ।
पहिलो पोस्टिङ जिल्ला प्रहरी कार्यालय ड“डेलधुरामा भयो । त्यहा“ २० दिनमात्र बसेको थिए“, सरुवा भयो प्रहरी प्रधान कार्यालयमा ।
प्रधान कार्यालयबाट मलाई बालुवाटार खटाइयो, जुन बेला लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री थिए । त्यहा“ पनि एक साता बस्न पाएको थिइन“, पूर्वप्रधानमन्त्री गिरिजाबाबुका लागि पिएसओ (व्यक्तिगत सुरक्षा अधिकारी) चाहियो ।
१४ असार २०५३ देखि म गिरिजाबाबुस“ग बस्न थाले“ । त्यहीदिनदेखि मेरो सरुवा कही“कतै भएन, राजाको शासनकालमा गिरिजाबाबु नजरबन्दमा परेको बेला दुई महिना प्रधान कार्यालयमा तानिए“, त्यो भन्दा अरू समय गिरिजाबाबुको सेवा र सुरक्षामा खटिए“ । निरन्तर १४ वर्ष ।
गाडीमा म र रेशम थक्सु भन्ने एकजना सहयोगी हुन्थे । गाडीमा हि“ड्दा उहा“ सोध्नुहुन्थ्यो,‘तिमीहरूले कति पढेका छौ ?’ केही साथीले त पुलिसले पनि पढेको हुन्छ र ? भनेर गिरिजाबाबुस“ग उल्टै सोध्थे । तर मैले बिए पास गरेको छु भन्दा उहा“ खुसी हुनुहुन्थ्यो ।
मलाई तिम्रो ‘फेबरेट सब्जेक्ट’ के हो ? भनेर पनि सोध्नुभएको थियो । मैले अर्थशास्त्र भनेर जवाफ दिएको थिए“ । उहा“ले मलाई एमए गर्नुपर्छ भन्नुभयो । मैले पढाइलाई निरन्तरता दिए“ र एमए पनि गरे“ ।
उहा“ सुरक्षामा असाध्यै संवेदनशील हुनुहुन्थ्यो । उहा“ले सुरक्षासम्बन्धी कुरामा हामीलाई सिकाउनु पनि हुन्थ्यो । मान्छेलाई राम्रोस“ग ‘डिल’ गर, नराम्रो व्यवहार नगर भनिरहनुहुन्थ्यो ।
२०५५ सालमा जस्तो लाग्छ गिरिजाबाबुको चाइना भ्रमण तय भयो । मलाई महाराजगञ्जको घरको माथिल्लो तलामा बोलाएर सोध्नुभयो, ‘तिमी विदेश भ्रमण कहा“कहा“ गएका छौ ?’ मैले कही“ पनि गएको छैन हजुर भने“ । तिमी मस“ग चाइना जान्छौ ? भन्नुभयो । ‘मिले त जान्छु नि हजुर’ मैले भने“ । म गिरिजाबाबुस“गै चाइना भ्रमणमा गए“ ।
चाइना पुगेपछि उहा“ले मलाई बेलुका बोलाएर सोध्नुभयो, ‘मैले तिमीलाई चाइना किन ल्याएको थाहा छ ?’ मैले थाहा छैन भने“ । उहा“ले भन्नुभयो, ‘एक त तिमी यहा“ घुम्छौ, देख्छौ, अर्को यहा“को सेक्युरिटीस“ग अन्तरक्रिया ग¥यौ भने क्षमता विकास हुन्छ भनेर ल्याएको हु“ ।’ चाइनाकोे सुरक्षाबारे जानकारी हुन्छ र नेपालमा लागू गर्न सक्छौ भन्ने उहा“को भनाइले मलाई निक्कै प्रभाव पा¥यो ।
गाडीमा चढेपछि उहा“ले आज कति गते, कुन बार र कति तारिख हो भन्ने कुुरा पटकपटक सोध्नुहुन्थ्यो । गाडीमा प्रहरी छ कि छैन भन्ने निकै ख्याल गर्नुहुन्थ्यो । सुरक्षा ठीक छ भनेमात्र जाने भन्नुहुन्थ्यो । सुरक्षा व्यवस्था ठीक छैन भन्ने लागेमा कहिल्यै कतै जानुभएन ।
उहा“ सुरक्षा व्यवस्थामात्र खोज्नुहुन्नथ्यो, सुरक्षाकर्मीले खाए वा खाएनन् भन्ने पनि निकै ख्याल राख्नुहुन्थ्यो । आफ्नो सुरक्षामा खटिएका सबैले कति पढेका छन् ? परिवारमा कोको छन् ? भन्नेसम्मको जानकारी लिनुहुन्थ्यो । परिवारका सदस्यलाई बोलाएर मस“गै लिएर हि“ड पनि भन्नुहुन्थ्यो ।
पछिल्लो समयमा सुरक्षामा खटिएका अरूको तुलनामा म अलि नजिक भए“ । अनि मेरा परिवारका सदस्यलाई उहा“ले बेलाबेलामा बोलाउनुमात्र भएन, एउटै जहाजमा चढाएर विराटनगरसम्म लैजानुभएको छ । म त ड्युटीमा हुन्थे“, तर परिवारका सदस्यलाई पारिवारीक व्यवहार गर्नु हुन्थ्यो । भन्नुहुन्थ्यो,‘सुरक्षाकर्मी त मरासिनी जस्तो हुनुपर्छ ।’
इमान गुमाउनुहुन्न भन्ने पहिलो सबैभन्दा महŒवपूर्ण पाठ मैले उहा“बाट सिकेको छु । त्यस्तै कुनै पनि मान्छेलाई चिनेपछि मात्र विश्वास गर, विश्वास गरेपछि धोका नदेऊ भन्नुहुन्थ्यो उहा“ । लगनशील हुनुपर्छ भनेर त उहा“ बारम्बार भन्नुहुन्थ्यो । २०३९ सालमा तम्घारमा देखेदेखि अन्तिम अवस्थामा मण्डिखाटारमा देख्दासम्म उहा“ दृढ र लगनशील हुनुहुन्थ्यो । उमेरले रूपरङमा धेरै भिन्नता भयो होला, तर दृढता र निर्देशन दिने क्षमतामा कुनै परिर्वतन आएन ।
पहिलेपहिले त गाडीकोे अगाडि बस्नुपर्दा एसीको सितलमा निदाउ“थे । तर उहा“ले हरेक कुरा सिकाउनु हुन्थ्यो । तर पछि पछि उहा“ले आ“ गर्दा अलंकार बुझ्थे । कुरा गर्दा गर्दै त्यो मान्छे क्या, त्यो को रे भनेर अड्किनुहुन्थ्यो । मैले त त्यो त फलानो हो भनिदिन्थे“ । उहा“ले हो त्यो भनेर कुरा अघि बढाउनुहुन्थ्यो । पछिल्लो समय गाडीबाट ओर्लंदा त्यो फलानो भनेपछि म नामै बताउन सक्ने भएकोे थिए“ ।
राजाको शासनकालमा भैरहवा जान खोज्दा एयरपोर्टबाट उहा“लाई फर्काइयो । मैले गिरिजाबाबु बाहिर जाने कार्यक्रम छ भनेर सेनालाई पहिल्यै सूचना दिएको थिए“, एयरपोर्ट पुगेर पनि भने“, तर सेनाले जान दिएन ।
त्यसबेला उहा“ मस“ग पनि रिसाउनुभयो । ‘तिमी गाडीबाट ओर्लिहाल, गइहाल । ओर्लिहाल, ओर्लिहाल’ भन्नुभयो । उहा“लाई मेरो सञ्चार कमजोरीले यस्तो भयो भन्ने लागेको रहेछ । ‘तिमीले म हि“ड्ने कुरा सेनालाई खबर किन गरेनौ“ ?’ भनेर पनि सोध्नुभयो । मैले सबै सूचना फलाना फलानालाई दिएको थिए“ भन्ने जानकारी दिए“ ।
तर जानकारी पाएर पनि सेनाले रोकेको होला भनेर उहा“ले पत्याउनुभएन । ‘तिमीले सूचना दिएको भए त मलाई छाड्थ्यो नि भन्नुभयो । शेखरदा गाडीमा नै पछाडि हुनुहुन्थ्यो । ‘म गलत छैन“,’ मैले दाबी गरे“ ।
गाडी रोकेर त्यहा“बाट नै तिम्रो आइजीपीलाई फोन गर भन्नुभयो । त्यहा“बाट आइजीपी, गृहमन्त्री पूर्णबहादुर खड्का र प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गराउनुभयो । उहा“हरूले पनि रोकिएको हो भनेपछि गिरिजाबाबु मेरो गल्ती होइन भन्नेमा ‘कन्फर्म’ हुनुभयो ।
सुरक्षाकर्मी सधै“ तन्दुरुस्त हुनुपर्दछ । सक्ने भए गर्छु, नसक्ने भए हुन्न भन्नुपर्दछ भनेर पाठ पढाइरहनुहुन्थ्यो ।
आइजीसापहरूले पनि गिरिजाबाबुले भनेका काम कि हुन्छ, कि हुन्न भन्नुपर्दथ्यो । उहा“ स्ट्रेटफरवार्ड हुनुहुन्थ्यो । पुलिस कहिल्यै कमजोर हुनुहुन्न भन्नुहुन्थ्यो । कमजोर पनि पार्नुभएन जस्तो लाग्छ मलाई त ।
असइको रूपमा गिरिजाबाबुको नजिक भए“, पछिल्लो समय इन्स्पेक्टर भएर पनि त्यही भूमिका पूरा गरे“ । मबिना कुनै पनि दिन उहा“को सवारी चलेन । जतिखेर खोज्दा पनि म उपलब्ध भए“ । म सधै“स“गै रहे“ । मेरो मात्र होइन, सुरक्षाकर्मीको टिमले उहाको सुरक्षा र सवारीलाई चुस्त राखेको थियो ।
गाडीमा हि“ड्दा कथा भन्नुहुन्थ्यो उहा“ । आफ्नो संघर्षका कथा पनि सुनाउनुहुन्थ्यो । उहा“स“ग यात्रा गर्दा कहिल्यै बोर लाग्दैन थियो । रमाइला र पुराना कुराहरू सुनाइरहनुहुन्थ्यो ।
डडेलधुरामा आमसभा थियो । संबोधन गर्न उहा“ जानु भएको थियो । आमसभामा ठूलो उपस्थीति थियो । त्यहा“ संबोधन गर्ने क्रममा सुनील भण्डारीले यो जिल्लाले गद्दार नेता (शेरबहादुर) जन्मायो भन्नुभयो । त्यसपछि सारा जनता उल्टियो र ढु¨ा हान्न थाल्यो । मैले तानेर गिरिजाबाबुलाई हेलिकोप्टर चढाए“, हामी सुर्खेत आयौ“ । बालकृष्ण दाहाल निजी सचिव हुनुहुन्थ्यो, उहा“ पनि ड“डेलधुरामै छुट्नुभयो । त्यहा“ हेलिकप्टर नै जल्ने अवस्था थियो । सुर्खेत आएपछि उहा“ले किन तिमीले यसरी ल्यायौ भन्नुभयो । ‘मेरो प्रमुख काम तपाईंको सुरक्षा गर्ने हो, मेरो कर्तव्य हो, बचाएर ल्याए“,’ मैले भने“ । उहा“ ‘कन्भिन्स’ हुनुभयो ।
१४ वर्षस“गै बस्दा कुनै दुखदायी घटना भएनन् । म त एउटा निम्नस्तरको कर्मचारी थिए“ । उहा“ले मलाई जहिले पनि व्यावसायिक बन भन्नुहुन्थ्यो ।
पछि उहा“ले मलाई कुनै पनि मुलुक जा“दा छाड्नुभएन । यो भन्दा सुखद् मेरा लागि के हुन्छ ? ठूला मान्छेले धेरै ठूला चिज खान्छन् होला, धेरै राम्रो ठाउ“मा सुत्छन् होला भन्ने लागेको थियो । तर १४ वर्ष उहा“ (गिरिजाबाबु) स“ग बस्दा त्यस्तो कहिल्यै पाइन“ । मुलुकले नै मान्ने यति ठूलो मान्छे यति साधारण ढ¨बाट बस्ने सायद कमै पाइन्छन् होला ।
सिंगापुर जानुअघि गिरिजाबाबु गंगालाल अस्पतालमा भर्ना हुनुभएको थियो । उहा“लाई एयर एम्बुलेन्सबाट सिंगापुर लाने कुरा भयो । उताबाट पा“चवटा मात्र सिट भएको एम्बुलेन्स आउने भयो । उताबाट आएका दुई र यताका दुई डाक्टर र गिरिजाबाबु जाने निर्णय भयो । तर, राति ११ बजेतिर मरासिनी जा“दैन भने म जान्न“ भनेर सबैलाई भन्नुभयो । उहा“ले अड्डि नै लिनुभयो । ११बजेपछि सिंगापुर सरकारले सिटबिना पनि एकजना मान्छेलाई बसालेर ल्याउने अनुमति दियो । म सिटबाहेक भुइ“मा नै बसेर सिंगापुर गए“ ।

मरासिनी, बिरामी पर“े भने मलाई लौरोसौरो टेक्न नदिनू है भन्नुहुन्थ्यो । कमजोर भएर हि“ड्नुहुन्न भन्ने उहा“को धारणा थियो । अन्तिमतिर वि लिन पास्कोस“ग भेट्दा मात्रै अक्सिजन लगाएर विदेशीहरूलाई भेट्नुभएको, नत्र कहिल्यै अक्सिजनामा भेट्नुभएन ।
उहा“ लगाउनमा पनि निकै सौखिन हुनुहुन्थ्यो । कपडाहरू छोएर पनि थाहा पाउनुहुन्थ्यो । शेरबहादुर देउवालगायतका नेताहरू विदेश जा“दा कपडा ल्याइदिनुहुन्थ्यो । परफ्युममा उहा“को असाध्यै रुचि थियो । परिवारका सदस्यहरूस“ग असाध्यै रमाउनुहुन्थ्यो ।
माधव नेपालको नेतृत्वमा सरकार गठन भएपछि गिरिजाबाबुलाई भेट्न आउनेहरूको क्रम घटेर गयो । मान्छेहरू आएनन् । मान्छेहरू किन आउन छाडे भन्ने खुल्दुली उहा“मा भएको थियो । उहा“लाई लागेको थियो, कमजोर स्वास्थ्यका कारण यस्तो भएको हो, दुईपटक मात्र देशदौडाहा गर्न पाए यस्तो हु“दैन थियो भन्नुहुन्थ्यो ।
शुक्रबार बिहान नै उहा“लाई म बा“च्दिन“ भन्ने लागेको थियो । उहा“ले बिहानदेखि नै कतै नजाऊ है भन्नुभएको थियो । सा“झ ६ बजे प्रधानमन्त्री नेपालस“ग उहा“को कुराकानी भयो, तर उहा“ले बोलेको कुरा कसैले पनि बुझेन । बोली स्पष्ट नबुझेपछि प्रधानमन्त्री पनि अलमल्ल पर्नुभयो ।
मैले कान थापेर सुने“, गिरिजाबाबुले भन्नुभयो, ‘असाध्यै राम्रोसंग चलाउनुहोला, समस्या आउन नदिनुहोला, स्ट्रङ डिसिजन गर्नुहोस् ।’
त्यसपछि सुजाता दिदी र कृष्णप्रसाद सिटौलास“ग कुरा गर्नुभयो । सिटौला दाइ तिर फर्केर भन्नभुयो, ‘मिलेर गर्नु, मिलेर जानु आवश्यक छ ।’
राति १२ बजे मरासिनी, मरासिनी, भनेर बोलाउनुभएको थियो । त्यो नै उहा“ले मलाई बोलाउनुभएको अन्तिमपटक हो । त्यसपछि उहा“ बोल्नुभएन ।
शनिबार बिहान पा“च बजे मैले गिरिजाबाबु, तपाईंलाई ‘ट्वाइलेट’ लागेको छ ? भने“, उहा“ले आ“खा खोल्नुभयो, ‘रेसपोन्स’ गर्नु भएन ।
पछि डाक्टरहरू जम्मा हुनुभयो । डा. मानबहादुर केसीले अबको एक घण्टापछि गिरिजाबाबुको निधन हु“दै छ भनेर मलाई र शेखरजी (शेखर थापा) लाई भन्नुभएको थियो । डाक्टरहरूले अक्सिजन, सेचुरेसन, हार्टबीट लिइरहनुभएको थियो । केसी डाक्टरसाबले भन्नुभयो, ‘अब तपाईंहरू कतै नजानुहोला ।’
डाक्टरले भनेपछि उहा“को सबै लुगा फेरिदिएका थियौ“ । गिरिजाबाबुले अचेत अवस्थामै सास त फेरिरहनुभएको थियो तर हेर्दाहेर्दै उहा“का सबै गतिविधि शून्य भए । डाक्टरले उहा“को निधन भएको घोषणा गरे । हुन त मेरो बुबा २०६० सालमा नै बित्नुभएको हो । तर, म अहिले टुहुरो भएको छु ।
(गिरिजाप्रसादको निधनपछि राजधानी दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्