Logo

पोर्चुगलमा ७४ जना नेपाली क्वारेन्टाइनमा



पोर्चुगलको फारो क्षेत्रमा कृषिमा काम गर्ने एक जना नेपालीमा नोबल कोरोनाको पुष्टि भएपछि संक्रमण फैलन नदिन उनीसंगै काम गर्ने र उनको सम्पर्कमा भएका अन्यको हिजै व्यापक खोजि गरिएको थियो। यसै क्रममा संक्रमित नेपालीसंगै बस्ने, संगै काम गरेका र सम्पर्कमा भएका ७४ जना नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ।स्थानीय स्वास्थ्य प्रतिनिधि र विदेशी र सीमा हेर्ने निकाय सेफको खोजीमा त्यहाँ बस्ने नेपालीहरुलाई भेला गराइएको थियो । आइतबार बेलुकी उनीहरुलाई इन्सिनो ब्यासिको २–३ सान्टो आन्तोनिउ फारोमा राखिएको छ । सबै नेपालीहरु एउटै कम्पनीमार्फत कृषिमा काम गर्दै आएको स्थानीय सञ्चारमाध्यममा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्