Logo

अब विद्यालय समय विहान ९ वजेदेखि दिउँसो ३ वजेसम्म



उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न सरकारले स्कुलको समय परिवर्तन गरेको छ । मन्त्रिपरिषद् बैठकले उपत्यकाको ट्राफिक व्यवस्थापन गर्ने कार्ययोजना अनुसार स्कुलको समय विहान ९ वजेदेखि दिउँसो ३ वजेसम्म गरिएको छ । अहिले देशभरका विद्यालयहरु १० देखि ४ बजेसम्म पठनपाठन भइरहको छन् ।

नयाँ नियम नयाँ शैक्षिक सत्रबाट लगाउने तयारी भइरहेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा महाशाखाका सहसचिव कृष्णप्रसाद काप्री जानकारी दिए । ट्राफिक व्यवस्थापनको नयाँ नियम बनेसँगै विद्यालयहरुको पठनपाठन ९ देखि ३ बजे हुन सक्ने काप्रीले बताए ।

नयाँ नियम लागू गर्नका लागि शिक्षा मन्त्रालयले सरोकारवालाहरुसँग छलफल गरिरहेको सहसचिव काप्रीले बताए । मन्त्रालयले ट्राफिक,गृह मन्त्रालय,प्याब्सन लगायतका संस्थाका प्रतिनिधिहरुसँग छलफल गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्