Logo

रामचन्द्र चन्दको मार्मिक गीत मुटु गाँठो सार्वजनिक (भिडियोसहित)



काठमाडाैँ । चर्चित लोक तथा दोहारी गायक रामचन्द्र चन्दको नयाँ गीत मुटु गाँठो सार्वजनिक भएको छ । आइतबार शैली क्रियसनको युट्युव च्यानल मार्फत म्युजिक भिडियो सार्वजनिक भएको हो ।

विष्णु खत्रीले शब्द सिर्जना गरेको गीतमा चन्दको एकल स्वर रहेको छ । संगीत पनि गायक चन्दले नै भरेका छन् । बिछोडिएको प्रेम सम्बधको प्रशंगमा तयार पारिएको गीतले पछिल्लो समयको समाजको वास्तविक चित्रण गरेको छ ।

गुरुआमा फिल्मसले तयार पारेको म्युजिक भिडियोमा नवोदित गुल्मेली मोडल अनन्त भण्डारी, गान्दिभ सुवेदी र एलिना रायमाझीले अभिनय गरेका छन् । स्मृति तिमल्सिना गुरुआमाले निर्देशन गरेको म्युजिक भिडियोको छायाङ्कन सुरेश श्रेष्ठले गरेका छन् भने सम्पादन प्रकाश धमलाले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्