Logo

यी दुई फुटबलरमा भेटियो कोरोना संक्रमण



एजेन्सी । इटालीको फुटबल क्लब युभेन्ट्सका गोल रक्षक ड्यानियल रुगानी र जर्मनीको दोस्रो डिभिजन क्लब हानोभर–९६ का रक्षक टिमो हुबर्सलाई कोरोना संक्रमण भएको छ । स्वास्थ्य परीक्षणका क्रममा यी दुवैमा कोरोना पोजिटिभ पाइएको छ ।

यो घटनापछि यी दुई खेलाडीको सम्पर्कमा आएका सबैको स्वास्थ्य परीक्षण र आइसोलेसनमा राख्ने तयारी भएको छ ।

होनोभर बुन्डेसलाई भने अस्पताल लगिएको छ । उनको स्वास्थयमा सुधार भइरहेको अस्पतालले जानकारी दिएको छ ।
यसअघि, पेरिस सेन्ट जर्मेनका स्टार खेलाडी काइलियान एम्बाप्पेलाई पनि कोरोनाको आशंका गरिए पनि परीक्षणमा नेगेटिभ भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्