Logo

डा. दीव्या सिंहको बुझाईमा प्रधानमन्त्री ओली कस्ता छन् ?



काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपणपछि तंग्रिदै गरेका प्रधानमन्त्री केपी शर्मा ओली निकै भलाद्मी बिरामी रहेको निजी चिकित्सक दिव्या सिंह शाहले बताएको कान्तिपुर दैनिकमा समाचार छन् ।

मिर्गौला प्रत्यारोपण सफल भएकाले निकै हर्षित मुद्रामा देखिएकी डा. शाहले बिरामीका रुपमा प्रधानमन्त्री सहज र ज्ञानी स्वभाव पनि सफलताको कारण रहेको दाबी गरिन् । उनले प्रधानमन्त्री ओलीको कहिल्यै निराश नहुने स्वभावले पनि सम्पूर्ण उपचार प्रक्रियामा थप बल पुगेको बताइन् ।

‘उहाँको १२ वर्षअघि पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो, त्यसैले अहिले दोस्रोपटक पनि गर्नु आफैमा चुनौतीपूर्ण कार्य थियो,’ उनले भनिन्, ‘हामीले उहाँलाई धेरै महिनाअघिदेखि प्रत्यारोपणका लागि तयार गर्न थालेका थियौँ किनकि दोस्रो पटक प्रत्यारोपण गर्दा शल्यक्रिया टेबुलमै पनि उहाँको शरीरले नयाँ मिर्गौलालाई रिजेक्ट गर्ने जोखिम थियो । तर, हामी सबैको सामूहिक मिहिनेतले सफलता मिलेको छ ।’

प्रतिक्रिया दिनुहोस्