Logo

प्रधानमन्त्री ओली र कांग्रेस नेता शेखर कोइरालाबीच भेटवार्ता

राजीनामा दिन प्रधानमन्त्रीलाई कोइरालाको सुझाव



काठमाडौं । प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच विहिवार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । दुई नेताबीच झण्डै डेढ घन्टा कुराकानी भएको थियो ।

भेटका क्रममा समसामयिक राजनीतिक विषयमा छलफल भएको शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलीयाले जानकारी दिए ।

छलफलका क्रममा कोइरालाले वर्तमान सरकार भ्रष्टाचार र अनियमिततामा डुबेको कुरा सेक्युरिटी प्रिन्टिङ प्रेस काण्डले देखाएको उल्लेख गर्दै अब नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने सल्लाह दिएका छन् । कोइरालाको राजीनामाको कुरा सुनेपछि प्रधानमन्त्रीले प्रतिपक्षी दलको धर्म नै हो राजीनामा माग गर्नु भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्