Logo

पर्सि शनिबार वर्षा हुने, आज र भोलि मौसम सफा



काठमडौं । दुई दिनदेखि मौसममा आएको गडबडी बिहीबारदेखि सफा भएको छ । वर्षात हुने उल्लेखनीय मौसमी प्रणाली वायुमण्डलमा नदेखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशको मध्ये तथा पश्चिमी भागका केही स्थानमा आंशिकदेखि सामान्य बादल देखिए पनि बाँकी भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

बिहीबार दिउँसो र राति देशका केही स्थानमा बादल देखिए पनि वर्षात हुने सम्भावना न्युन छ ।

शुक्रबार पनि देशभर मौसम सफा रहनेछ । शुक्रबार बेलुकादेखि भने केही भागमा मौसम बदली हुने देखिन्छ । शनिबार भने देशको पश्चिमी भागमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ । अन्य क्षेत्रमा भने मौसम बदली हुनेछ । यो सर्दै मध्ये तथा पूर्वी क्षेत्रमा पनि हल्का वर्षा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्