Logo

शैक्षिक सुधारमा माग राख्दै पुल्चोक क्यम्पसमा नेविसंघको अनसन



काठमाडौं । नेपाल विद्यार्थी संघ पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले भौतिक तथा शैक्षिक सुधारका माग सहित रिले अनसन थालेका छन् । उनीहरुले भौतिक तथा शैक्षिक सुधारका २३ बुँदे मागसहित क्यम्पस प्रशासनलाई गत माघ १ गते ज्ञापन पत्र बुझाएपनि प्रशासनले सुनुवाई नगरेपछि रिले अनसन सुरु गरेका हुन् ।

उनीहरुले चरणवद्ध आन्दोलन गर्दा समेत प्रशासनले मागको सुनुवाई नगरेपछि अनसन सुरु गरेका हुन् । नेपाल विद्यार्थी संघ पुल्चोक इन्जिनियरिङ क्याम्पस इकाईको आयोजनामा रिले अनसन आइतवारदेखि सुरु गरिएको नेपाल विद्यार्थी संघका महामन्त्री दिपक भट्टराईले जानकारी दिए ।

भट्टराईले मंगलवार ३ दिनदेखि अनशनमा बसेका नेविसंघका विद्यार्थीहरुको मागमा ऐक्यवद्धता जनाएका छन् । विद्यार्थीहरुले निकै पुरानो पाठ्यक्रम परिमार्जन हुनुपर्ने, जीर्ण रहेका भवनहरुको पुर्ननिर्माण हुनुपर्ने, अनुसन्धनात्मक शिक्षालाई जोड दिनुपर्ने लगायतका माग छन् ।

प्रतिक्रिया दिनुहोस्