Logo

सेयर बजारमा ‘सर्किट ब्रेक’

साताको पहिलो दिन आइतबार दोस्रो घण्टामा ५ प्रतिशतले सेयर कारोबार मापक नेप्से परिसूचक बढेपछि सर्किट ब्रेक लागेको हो



११ फागुन, काठमाडौं । सेयर बजारमा ‘सर्किट ब्रेक’ लागेको छ । साताको पहिलो दिन आइतबार दोस्रो घण्टामा ५ प्रतिशतले सेयर कारोबार मापक नेप्से परिसूचक बढेपछि सर्किट ब्रेक लागेको हो ।

नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरी पराजुलीले ब्रेक लागेर आजको कारोबार स्थगन गरिएको जानकारी दिए । ५ प्रतिशतले बढेर कारोबार मापक नेप्से परिसूचक १ हजार ५ सय नजिक पुगेको छ ।

कारोबार खुला भएसँगै उकालो लाग्न शुरु भएको बजार १ बज्न नपाउदै ५० अंक नजिक पुगेको थियो ।

यद्यपि, बजारमा उतारचढाव पनि तीव्र देखिएको छ । कारोबार खुलेको ११३५ दशमलव ८७ अंकबाट शुरु भएको कारोबार २० कारोबार खुलेको २० मिनेटमा नै बढेर ११७८ दशमलव ११ अंकमा पुगेको थियो ।

११ बजेर २० मिनेट जादा भने बढ्ने क्रममा ब्रेक लाग्यो । त्यसपछि ओरालो लागेको बजार ११ बजेर ४२ मिनेट जादासम्म परिसूचक ११५३ मा झर्यो ।

त्यसपछि भने पुनः बजार उकालो लाग्न शुरु गरेको थियो । तीव्र उतारचढावका बीच १ बजेसम्म नेप्से परिसूचकमा ठूलो उकालो देखिएको छ । कारोबार रकम पनि यस अवधिमा १ अर्ब ७० करोड रुपैयाँ भन्दा माथि पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्