Logo

यरोपा लिग– आर्सनलले जित निकाल्दा म्यान्चेष्टर युनाईटेड बराबरी खेल्यो



एजेन्सी । युरोपा लिग अन्तर्गत अन्तिम ३२ को पहिलो लेगको खेलमा आर्सनलले जित हासिल गर्दा म्यान्चेष्टर युनाईटेड बराबरीमा रोकिएको छ ।

बिहिबार राति भएको खेलमा आर्सनलले ग्रिसको ओलम्पिकाओसलाई पराजित गर्दा युनाईटेडले बेल्जियमको क्लब ब्रुगासंग बराबरी खेलेको हो ।

ओलम्पिकाओसको घरेलु मैदानमा आर्सनलललाई जित दिलाउन अलेक्जान्ड्रा लाकाजेटले विजयी गोल गरे ।

बराबरीतर्फ उन्मुख खेलमा बुकायो साकाको क्रसमा ८१ औ मिनेटमा फ्रान्सेली खेलाडी लाकाजेटले निर्णायक गोल गरेका हुन् ।

लण्डन क्लबका फरवार्ड पछिल्लो समय गोलका लागि संघर्ष गर्दै आएका थिए । उनले पहिलो हाफमा पोस्ट नजिकैबाट गोलको राम्रो अवसर गुमाएका थिए ।

दोस्रो लेगको खेल आर्सनलको घरेलु मैदान ईमिरेट्स स्टेडियममा हुनेछ ।

यस्तै, प्रिमियर लिग क्लब युनाईटेडले बेल्जियमका क्लब ब्रुगासंग १–१ गोलको बराबरी खेलेको छ । खेलको १५ औ मिनेटमा घरेलु टोली क्लब ब्रुगाले डेनिसको गोलबाट सुरुवाती अग्रता बनाएको थियो ।एन्थोनी मार्टियलले ३६ औ मिनेटमा पाहुना टोली युनाईटेडका लागि बराबरी गोल फर्काएका थिए । भारी बर्षाका बीच भएको खेलमा युनाईटेडले खासै राम्रो प्रर्दशन गर्न सकेन ।

दोस्रो लेगको खेल युनाईटेडको घरेलु मैदान ओल्डट्राफोर्डमा फेब्रुअरी २७ मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्