Logo

दाङमा पुरस्कृत भए बरिष्ठ साहित्यकार डा लम्साल



दाङ । बरिष्ठ साहित्यकार तथा सञ्चारकर्मी डा नवराज लम्साल अशोक काव्य पुरस्कार २०७६ पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । रेडियो नेपालका समाचार महाशाखा प्रमुख तथा लेखक सङ्घका पुर्व अध्यक्ष डा लम्साललाई प्रमुख अतिथी बरिष्ठ साहित्यकार गदाधर पौडेलले सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको थियो । नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष समेत भैसक्नुभएका डा लम्साललाई आज प्रजातन्त्र दिवशको अबसर पारेर नलेखक संघ दाङले भब्य कार्यक्रम आयोजना गरि पुरस्का प्रदान गरेको हो । कार्यक्रममा बोल्दै डा नवराज लम्सालले फागुन ७ मेरो जीवनको महत्त्वपूर्ण दिन हो । २०४० फागुन ७ गते कक्षा ८ पढ्न धादिङबाट राजधानी प्रवेश गरेदेखि आजसम्म निरन्तर काठमाडौँमै छु । संघका अध्यक्ष खगराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा डा लम्सालको भब्य स्वागत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्