Logo

हालाण्डको दुई गोलले पीएसजी पराजित



एजेन्सी । ईर्लिङ हालाण्ड प्ररित बोरुसिया डर्टमण्डले च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई हराएको छ ।

मंगलबार राति भएको अन्तिम १६ को पहिलो लेगको खेलमा डर्टमण्डले पीएसजीलाई २–१ गोल अन्तरले हराएको हो ।

गत जनवरीमा जर्मन क्लब डर्टमण्ड आएका हालाण्डले च्याम्पियन्स लिगमा समेत गोल गर्ने गतिलाई निरन्तरता दिएका छन् ।

पहिलो हाफ दुवै टोलीले गोल रहित बराबरी खेलेका थिए । १९ बर्षका नर्वेजियन खेलाडीले दोस्रो हाफको खेलमा प्रभाव जमाउन सफल रहे ।

गत जनवरीमा डर्टमण्ड आएका हालाण्डले ७ खेलमा ११ गोल गर्न सफल रहे ।

हालाण्डले ६९ औ मिनेटमा गोल गर्दै बोरुसिया डर्टमण्डलाई अग्रता दिलाएका थिए । पीएसजीका नेयमारले ७५ औ मिनेटमा पाहुना टोलीका लागि बराबरी गोल फर्काएका थिए ।

लगत्तै दुई मिनेटपछि ब्यक्तिगत दोस्रो गोल गर्दै हालाण्डले डर्टमण्डकालागि विजयी गोल गरे । करिब चार खेलको बिश्रामपछि केलियन एम्बाप्पे समेत मैदान फर्किएका थिए ।

तर हालाण्डको प्रभावका अगाडी पीएसजी पहिलो लेगको खेलमा फिक्का रह्यो ।

नतिजाबाट पीएसजीका प्रशिक्षक थोमस टुचेल निराश देखिए । उनले सन् २०१५ देखि २०१७ सम्म दुई सिजन डर्टमण्डमा सफल रुपमा बिताएका थिए ।
दोस्रो लेगको खेल पीएसजीको घरेलु मैदानमा मार्च ११ मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्