Logo

च्याम्पियन्स लिग फुटबल– पहिलो लेगमा साविक बिजेता लिभरपुल पराजित



एजेन्सी । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लिग खेलमा एट्लेटिको मड्रिडले लिभरपुललाई पराजित गरेको छ ।

मंगलबार राति भएको खेलमा साविक विजेता लिभरपुल घरेलु टोली एट्लेटिको १–० गोल अन्तरले पराजित भएको हो ।

साउल निगुएजले खेलको चौथो मिनेटमा गरेको गोल नै एट्लेटिकोका लागि निर्णायक बन्यो । अव लिभरपुलले आफ्नो घरेलु मैदान एनफिल्डमा एट्लेटिको मार्च ११ मा दोस्रो खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्