Logo

कविता– प्रेम विश्वास हो, प्रेम श्रद्धा र समर्पण हो



प्रेम विश्वास हो
प्रेम श्रद्धा र समर्पण हो
प्रेम त्याग पनि हो ….

जसले –जीवन र जगतलाई
खुशी दिन्छ …

र ,

खुशी लिन्छ पनि …
संसारको यो रंगमञ्चमा
प्रेम गर्नेहरु ..
प्रेममा हराउनेहरु ..

आँखाको नानीमा ‘ प्रेम’ खोज्नेहरु
हृदयको अन्तरमा
प्रणयको दीपक जलाउनेहरु

अंहकारका पहाडहरुलाई ,
हिउँ सरि पगाल्न सक्छन्
द्वेष, राग र ईष््र्याहरुलाई ,
पियूष सरि पिलाउन सक्छन् …

प्रेम जीवन हो …
उत्साह र उमंग हो ..

समयको रथ हाक्ने
समय सारथीहरु….

विजयको ताज पहिरिएर हिड्ने
महारथीहरु…

कहिले अमर प्रेमको कथा सुनाउदै
कहिले अमर प्रेमको कथा सुन्दै
समयको रथ हाँकि रहेका छन् ….

प्रेमको अस्त्रले दुनियाँ जित्नेहरु
अंहकारको शास्त्रले हारेका छन्
त्यसैले प्रेमको आगोले
सबै विभेदका पर्खालहरु डल्दछन्

मानवता , शान्ति र हर्षका दिपहरु बल्दछन्
दुख र पिडाका घाउहरुमा मायाले लगाएका
मल्हम , पट्टी र ओखतिहरुले नै

प्रीतिको गीत बोल्दछन् ।…..
कहिले अमर प्रेमको कथा सुनाउदै
कहिले अमर प्रेमको कथा सुन्दै

समयको रथ हाँकि रहेका छन् ….
प्रेमको अस्त्रले दुनियाँ जित्नेहरु
अंहकारको शास्त्रले हारेका छन् ..
त्यसैले प्रेमको आगोले

सबै विभेदका पर्खालहरु डल्दछन्।।।

 

प्रतिक्रिया दिनुहोस्