Logo

जुम्लाको सिंजा पुगेर गायिका केसी खनिन् नेतामाथि



जुम्ला । खस भाषा र खस सभ्यता पहिचान गर्ने उद्देश्यले सिञ्जाको कनकासुन्दरी गाउँपालिका, लासी पाटनमा सांस्कृतिक तथा पर्यटकीय महोत्सवमा  गायिका रिता के  भनिन यो क्षेत्रको बिकास गर्ने जिम्मा हाम्रो पनि हो ।
महोत्सवको उद्घाटन गर्न पुग्नुभएका उपराष्ट्रपति पुन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही बिरिष्ठ साहित्यकार डा नवराज लम्साल लगायतलाई मञ्चमा  साक्षी राखेर राखेर गायिका के सी अव कर्णालीलाई नकरात्मक कुरा गरेर बेच्ने होइन यहाँको सुन्दरता आत्मियता यहाँको कृषि जडीबुटीको प्रचारमा जुटौ भौतिक पुर्वाधारको बिकास गरौ भने पछि कार्यक्रममा उपस्थित सबैले तालि बजाएर केसीलाई सम्मान गरे ।
महोत्सवको प्रवेशद्वारमा ‘हाम्रा आउनापाउनाकन ओण्छो, पोण्छो छ ’ लेखिएको छ,यसको अर्थ हुन्छ ‘हाम्रा पाहुनाहरुलाई हार्दिक स्वागत छ’ त्यसलाई देउडा गितको शैलीमा भन्दै मञ्चमा छिरेकी गायिका केसीले उद्घाटन सभा सहित पहिलो दिनलाई निकै रमाइलो पारिन ।
स्थानी यपञ्चेबाजा, मागल, झोडा, धाउसीनाच, ढाल नाच, वालोनाच, देउडासहित विभिन्न स्थानीय खस संस्कृति झल्काउने नाचले अहिले सिञ्जा महोत्सव भव्य रुपमा सञ्चालन भएको महोत्सवमा स्थानिय कलाकारसंग सहकार्य गर्दै गायिका केसीले माहौल निकै तताइन ।
भूजपातको स्वागत द्वार, झुलाको गेट, स्याउको ढोकाले आगन्तुकलाई निकै आकर्षिक गर्‍यो ।

महोत्सवको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले भन्नुभयो, ‘खस नेपाली भाषाको उत्पत्ति यसै सिञ्जा उपत्यकाबाट भएको हो ।’तत्कालीन समयमा खसान, गढवालदेखिको राजा नागराजदेखि मल्लकालीन राजधानीको केन्द्र पनि सिञ्जा भएको उहाँले थप्नुभयो । खसराजा नागराज र सूर्यमल्ल सम्म ३ सय वर्षको राजधानी रहेको भूमिमा आफू आउन पाएकोमा भाग्यमानी भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्