Logo

निकाल्यो नेबिसंघले राके जुलुस, नेता भट्ट सहित १४ पक्राउ



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको अगाडी झुटो बोलेको विषाक्त तरकारी तथा फलफूल जनतालाई खान बाध्य बनाएको बिरोधमा आज राके जुलुस निकालेको छ । नेविसंघका नेता शुशिल भट्टको नेतृत्वमा मसाल जुलुस सहित बाइपास बाट बालाजु चोक पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

जुलुसबाट प्रहरीले नेता सुशील भट्ट, निरन्जन थापा,पवन थापा ,सुबास घिमिरे,सुदिप अधिकारी,बिजय ढुङ्गना,मनोज राना,सौरब घिमिरे,सन्देश पन्त,सुशील ढकाल,प्रदिप जङ साह,अमृत लामिछाने,उत्सब अवस्थी,अनिल महर्जन लगाएत एक दर्जनलाई पक्राउ गरेको छ । नेविसंघले सोमबार देशभरका क्याम्पस अगाडि विषाक्त तरकारी तथा फलफूल प्रदर्शन गरेको थियो ।

बुधबार विषाक्त तरकारी, फलफूल बहिष्कार कार्यक्रम तथा प्रचार–प्रसार र पर्चा वितरण गरिने नेविसंघले जनाएको छ । नेविसंघले आज मसाल जुलुस प्रर्दशन गरेको छ भने असार २७ गते मइती घरमा बृहत प्रदर्शन तथा सभाको आयोजना गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्