राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड

राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड


काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शीतल निवासमा पुगेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा पुगेका प्रधानमन्त्री प्रचण्डले विकसित राजनीतिक घटनाक्रमबारे जानकारी गराउन राष्ट्रपति पौडेललाई भेटेका हुन् ।

नयाँ गठबन्धन बनाएसँगै नयाँ मन्त्रिपरिषद् गठनको तयारीबारे पनि प्रधानमन्त्री प्रचण्डले जानकारी गराउने छन् ।