क्यासिनो प्यालेसबाट ३ जना भारतीयसहित ९ जना पक्राउ, झन्डै १ करोड बरामद

क्यासिनो प्यालेसबाट ३ जना भारतीयसहित ९ जना पक्राउ, झन्डै १ करोड बरामद


काठमाडौ ।

काठमाडौंको क्यासिनो प्यालेसबाट प्रहरीले ९ जनालाई पक्राउ गरेको छ।

बिहीबार राति दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट ९ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए।

अनलाइन बेटिङ खेलाइरहेको सूचनापछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।उनका अनुसार पक्राउ पर्नेमा तीन जना भारतीय नागरिक छन्।

६ जना भने नेपालीहरू छन्।प्रहरीले उनीहरूबाट ९६ लाख रुपैयाँ बरामद गरेको छ।परिसरले यस सम्बन्धी थप अनुसन्धान अघि बढाएको छ