टिभिएसको दोस्रो एओजी नाइट राइड सम्पन्न

टिभिएसको दोस्रो एओजी नाइट राइड सम्पन्न


काठमाडौँ ।

नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले शुक्रबार र शनिबार काठमाडौंको नक्साल सोरुमदेखि सुकुटेसम्म आयोजना गरेको दोस्रो अपाचे ओनर्स ग्रुप (एओजी) नाइट राइड सम्पन्न भएको छ।

जगदम्बा मोटर्सका सीबीओ मृगेन बनर्जी र डीजीएम विक्रम पौडेलले कार्यक्रम उद्घाटन गरेका थिए। २५ राइडर सहभागी ६८ किलोमिटर एकतर्फी यात्राक्रममा अपाचे राइडर डर्ट रेस हेर्न धुलिखेलको डर्ट टेम्पल पुगेका थिए। माघ १२ मा सुरु भई माघ १३ मा सम्पन्न भएको ओभरनाइट राइडमा एओजीका सदस्य, डा. दीपककुमार दासको पनि सहभागिता थियो।

ओभरनाइट राइडबारे डा. दीपककुमार भने, ‘अपाचे ओनर्स ग्रुपले मलाई साथी मात्र नभई एउटा परिवार भएको महसुस गराएको छ। म आफैं अपाचे ग्राहक हुँ। आगामी दिनमा पनि यस्तै प्रकारको यात्रामा सहभागी हुन पाउने आशा गर्दछु ।’

कार्यक्रमको दोस्रो दिन हाम्रा हेड मार्सलद्वारा खेलकुद गतिविधि सञ्चालन गरिएको थियो। अभिनेता, होस्ट, भिजे रेमनदास श्रेष्ठले विजेतााई पुरस्कार वितरण गरेका थिए। रेमनदास आफैं पनि राइडिङको एउटा हिस्सा थिए।

जगदम्बा मोटर्स शंकर समूहद्वारा सञ्चालित कम्पनी हो। जगदम्बाका १४०  बढी थ्रीएस डिलर र २०० बढी आधिकारिक सेवा केन्द्रहसहित काठमाडौंमा ६ वटा विशेष सोरुम छन्।